ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसियामा प्रदूषण उच्च : नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतमै पुग्यो


एबीसी / संवाददाता
१७ चैत्र २०७७, मंगलबार   ८ : ४२   बजे

काठमाडौँ, १७ चैत्र । वायु प्रदूषण विश्लेषण गर्ने संस्था ‘आईक्यूएअर’ को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो भागभित्र काठमाडौंसमेत छ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ । ‘आईक्यूएअर अर्थ’ को सोमबार दिउँसोको तस्बिर । तस्बिरमा रातोले अस्वस्थकर वायुको क्षेत्र संकेत गर्छ ।

‘केही दिनयता नेपालसहित एसियाली देशहरूमा प्रदूषण विकराल देखिन्छ,’ वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भन्नुभयो , ‘पहिलोपटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै पुगेको छ ।’आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको छ । नेपालमा भने पूर्वी भागमा तराई, पहाड र हिमालसम्मै तुवाँलोले सीमा नाघेको छ । ‘म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ,’ वातावरणविद् पौडेलले भन्नुभयो , ‘यो अवस्था अझै केही दिन बदलिने देखिँदैन ।’ जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठका अनुसार नेपालमा एकाएक प्रदूषण बढ्नुमा दुई कारण रहेको का छन्।

‘तल्लो तहको वायु माथि जान पाएको छैन अर्थात् नेपालमा उच्च चापीय क्षेत्रको असर परेको छ । तलको वायु माथि जान पाएको भए केही हदसम्म प्रदूषण हट्थ्यो । अहिले कत्ति पनि हावा चलेको छैन,’ उहाँले भन्नुभयो , ‘अर्को, डढेलोजन्य गतिविधि हो । नेपालमा मात्र होइन, भारतका विभिन्न स्थानमा ठूलो मात्रामा कृषिकार्यका लागि आगो बाल्दा निस्किएको धूवाँ काठमाडौंसम्मै आइपुगेको छ ।’ उहाँका अनुसार नेपालका वनमा मात्र लागेको डढेलोले यति धेरै असर गरेको होइन । तत्काल पानी पार्ने प्रणाली भित्रिने कुनै संकेत नभएको मौसमविद्को विश्लेषण छ । ‘मंगलबारदेखि हल्का वायु चल्ने मोडलहरूले देखाएका छन्,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले भन्नुभयो , ‘प्रदूषण पूरै नहटे पनि भिजिबिलिटीमा सुधार आउन सक्छ ।’

तुवाँलोले आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या आउने भएकाले आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन अनुरोध छ । आईक्यू एअरका अनुसार सोमबार दिउँसो काठमाडौं विश्वका ९४ सहरमध्ये दोस्रो बढी प्रदूषितमा छ । पहिलो स्थानमा दक्षिण कोरियाको बुसान सहर थियो । प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका तेस्रो, पाकिस्तानको लाहोर चौंथो, भारतको कोलकाता पाँचौं स्थानमा थिए । यस्तै म्यान्मारको यांगुन र भारतकै दिल्ली क्रमशः छैटौं र सातौं स्थानमा थिए । नेपालमा सोमबार काठमाडौंसहित विभिन्न स्थानमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको भन्दा बढी रेकर्ड भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group