ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा २४ घण्टाभित्र तीन लाख ८२ हजारभन्दा बढी संक्रमित थपिए , दाहसंस्कारस्थल पाउन पनि कठिन


एबीसी / संवाददाता
२२ बैशाख २०७८, बुधबार   ६ : १७   बजे

काठमाडौं, २२ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण कठिन बन्दै गइरहेको छ । अनियन्त्रित रुपमा कोरोना फैलिन थाले पनि नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास विफल बनिरहेका छन् । भारत आफैले कोरोनाविरुद्धको खोप उत्पादन गरेर सर्वसाधारणलाई उपलब्ध गराइरहेको छ । कोरोनाको कठिन परिस्थिति उत्पन्न हुनुलाई यसअघि गरिएका विभिन्न चुनावी सभा एवं जमघट मुख्य कारण मानिएको छ ।

भारतमा दिन प्रतिदिन नयाँ सङ्क्रमित थपिने क्रम बढिरहेको छ । कोरोनाका कारण दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गइरहेको छ । अकल्पनीय हिसाबले सङ्क्रमित थपिँदा भारतमा उपचार गराउने स्वास्थ्य संस्थाको अभाव भइरहेको छ । मृतकको शव व्यवस्थापन गर्ने दाहसंस्कारस्थल पनि पाउन छाडिएको छ ।

कोरोना नियन्त्रण गर्न सफल हुन नसकेपछि भारत सरकारले सहयोग गर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ । विश्वकै ध्यान केन्द्रित हुने गरी फैलिएको कोरोनाबाट सङ्क्रमित बनेकालाई अति नै आवश्यक पर्ने अक्सिजनको पनि भारतमा अभाव हुन थालेको छ ।भारतमा दैनिक विश्वका अन्य मुलुकमा भेटिने सङ्क्रमितभन्दा अत्याधिक धेरै नयाँ बिरामी थपिने गरेका छन् । मृतकको सङ्ख्या पनि अन्य मुलुकको भन्दा उच्च छ । विश्वमा दैनिक थपिने नयाँ सङ्क्रमितमध्ये आधाभन्दा धेरै भारतका हुने गरेका छन् । मृतकको सङ्ख्या पनि एक चौथाई रहने गरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा एकै दिन तीन लाख ८२ हजार छ सय ९१ जना नयाँ बिरामी थपिका छन् । देशभर कुल संक्रमितको संख्या करोड छ लाख ५८ हजार दुई सय ३४ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ६९ लाख ३८ हजार चार सय जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

३४ लाख ९३ हजार छ सय ६५ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार सात सय ८६ जना भारतीय नागरिकको कोरोनाका कारण मृत्यु भयो ।

भारतमा एकै दिन मृत्यु हुने सङ्क्रमितको सङ्ख्या अन्य मुलुकको भन्दा धेरै हो । भारतमा अहिलेसम्म कोरोनाका कारण दुई लाख २६ हजार एक सय ६९ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये अहिलेसम्म विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

सङ्क्रमित सङ्ख्याको आधारमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन ३७ हजार नौ सय नौ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३२ लाख ७० हजार दुई सय १४ पुगेको छ । दुई करोड ५९ लाख ६१ हजार नौ सय ८० जना उपचारपछि निको भएका छन् ।

६७ लाख १५ हजार नौ सय २८ जनाको उपचार जारी रहेकोमा नौ हजार चार सय १६ जनाको अवस्था चिन्ताजनक छ । पछिल्लो २४ घण्टामा अमेरिकामा सात सय ४८ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोना सङ्क्रमित पाँच लाख ९२ हजार तीन सय छ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ । अमेरिकामा केही हदसम्म कोरोना नियन्त्रण हुँदै गइरहेको छ ।

कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ६५ हजार चार सय ५४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ४८ लाख ५६ हजार आठ सय ८८ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ३३ लाख ३६ हजार चार सय ७६ जना उपचारपछि निको भएका छन् ।

११ लाख आठ हजार आठ सय २४ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । एकै दिन ब्राजिलमा दुई हजार सात सय ५९ जना सङ्क्रमितको मृत्यु भयो । ब्राजिल कोरोना सङ्क्रमितको दैनिक मृत्यु हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो । ब्राजिलमा हालसम्म चार लाख ११ हजार पाँच सय ८८ सङ्क्रमितले मृत्युवरण गरिरहेका छन् ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र सात लाख ५१ हजार आठ सय ४९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १५ करोड ४९ लाख ४४ हजार आठ सय १९ पुगेको छ । सङ्क्रमितमध्ये १३ करोड ३० लाख ४८ हजार ६८ जना उपचारपछि निको हुँदै डिस्चार्ज भएर घर फर्किएका छन् ।

एक करोड ८६ लाख ५७ हजार ६० जनाको उपचार जारी रहेकोमा एक लाख ११ हजार १६ जनाको अवस्था चिन्ताजनक छ । एकै दिन विश्वमा कोरोनाका कारण १२ हजार सात सय ३१ जनाको मृत्यु भयो । हालसम्म विश्वमा ३२ लाख ३९ हजार छ सय ९१ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu