ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा कोरोना भाइरस सङ्क्रमणको अवस्था भयावह :  दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिदै


एबीसी / संवाददाता
२६ बैशाख २०७८, आइतबार   ६ : ४८   बजे

काठमाडौं,२६ बैशाख । छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमणको अवस्था भयावह बन्दै गइरहेको छ ।  दैनिक चार लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका छन् । एक दिनमा चार हजारभन्दा बढी कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । पछिल्लो २४ घण्टामा चार लाख नौ हजार तीन सय नयाँ बिरामी थपिए । अघिल्लो दिनको तुलनामा भारतमा आठ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिएका हुन् ।
अघिल्लो दिन चार लाख एक हजार दुई सय ७१ जना नयाँ बिरामी थपिएका थिए । भारतमा हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड २२ लाख ९५ हजार नौ सय ११ पुगेको छ । एकै दिन भारतमा चार हजार एक सय ३३ जनाको मृत्यु भयो । अघिल्लो दिन चार हजार एक सय ९४ जनाको कोरोनाका कारण मृत्यु भएको थियो ।

हालसम्म भारतमा कोरोनाका कारण दुई लाख ४२ हजार तीन सय ९८ जनाको मृत्यु भइसकेको छ । कोरोनाका कारण नराम्ररी प्रभावित बनिरहेको भारत अहिले सङ्क्रमणको भयावह अवस्थासँग जुधिरहेको छ । यसको प्रत्यक्ष प्रभाव खुला सीमा रहेको नेपालमा परिरहेको छ ।

नेपालमा दैनिक सङ्क्रमण पुष्टि र मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहनुमा भारतबाट अवैध रुपमा हुने आवतजावतलाई मुख्य कारण मानिएको छ । भारतमा हालसम्म सङ्क्रमण पुष्टि भएकामध्ये एक करोड ८३ लाख ११ हजार चार सय ९८ जनाको उपचार सफल भएको छ ।

उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । भारतमा ३७ लाख ४२ हजार १५ जनाको उपचार जारी रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group