काठमाडौं, २६ बैशाख । सत्तारुढ नेकपा एमालेले भोलि हुन गइरहेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप् जारी गरेको छ । नेकपा एमाले संघीय संसदीय दलको कार्यालयले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले भोली दिउँसो १ बजे संविधानको धारा १०० को उपधारा ९१० बमोजिम विश्वसको मत लिनुहुने हुँदा उक्त बैठकमा अनिवार्य उपस्थित भई विश्वसको मतको प्रस्तवको पक्षमा मतदान गर्न सबै सदस्यालाई सूचित गराएको छ ।
प्रतिक्रिया दिनुहोस्