काठमाडौँ, २७ बैशाख । नेकपा(एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त हुनुभएको छ । हप्तदिन अघि कोरोना संक्रमणका कारण नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भएका खनालको आइतबारको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो । खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो रिपोर्ट नेगेटिभ आएको र स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको जानकारी दिनुभएको छ । खनालले केही समयको आराम पछि अस्पतालबाट डिस्चार्ज हुने र सक्रिय कामकाजमा फर्किने पनि बताउनुभएको छ । उहाले आफ्नो उपचारमा खटिने स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्