काठमाडौं, २७ बैशाख । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको प्रस्तावमा तटस्थ बस्ने बताउनुभएको छ। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने प्रधानमन्त्री ओलीको प्रस्तावमाथि भएको छलफलमा भाग लिँदै ठाकुरले विश्वासका पक्षमा वा विपक्षमा मतदान नगरी तटस्थ बस्ने धारणा ब्यक्त गर्नुभएको हो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि आफ्नो कुरा सुनेको तर कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्रीले कुरा पनि सुनेको र कार्यान्वयन पनि गरेको भन्दै आभारी प्रकट समेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले आफ्ना कुरा सुनेर माग पूरा गर्न अग्रसरता लिएकोमा धन्यवाद दिँदै उहाँले राजनीतिक आन्दोलनका दौरान मुद्दा चलाइएका केहीको मुद्दा फिर्ता भएपनि सबैको मुद्दा फिर्ता हुनुपर्ने माग गर्नुभयो। सबै मुद्धा फिर्ता नभएर साथीहरू जेलमा भएकाले अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो। उहाँले संविधान संशोधनमा त्रुटी भएकाले अहिलेको अवस्था आएको सुनाउनुभयो ।
उहाँले संविधानले प्रधानमन्त्रीलाई कमजोर बनाएको टिप्पणी गर्नुभयो । उहाँले अहिले पनि संविधान संशोधनको माग रहेको बताउनुभयो। अहिलेपनि आफूहरु विभेद र भेदभावको शिकार भइरहेका धारणा राख्नुभयो । अहिलेको संविधानकै कारण आफ्ना नेताहरु जेल र तारेखमा बस्ने अवस्था रहेको ठाकुरको भनाई थियो । जनता समाजवादी पार्टी नेपाल ९जसपा०ले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत लिँदा सांसदलाई पक्ष वा विपक्षमा मत हाल्न ह्वीप जारी गरेको छैन । पार्टीले ह्वीप जारी नगर्ने भएपछि सोमबार सांसदले मतदान गर्दा विवेक प्रयोग गर्न पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्