काठमाडौं, ५ जेठ । कपन स्थित करुणा अस्पताललाई माउन्ट एभेरष्ट समिटर्स कल्बले १० थान अक्सिजन सेट सहयोग प्रदान गरेको छ । दोलखा रोल्वालिङ गाउँका बासिन्दाबाट सञ्चालित माउन्ट एभेरष्ट समिटर कल्बले उक्त अक्सिजन सेट अस्पतालका महाप्रबन्धक राम कुमार श्रेष्ठलाई हस्तान्तरण गरेको हो ।
देशभर केही अस्पतालहरुमा अक्सिजनको अभाव देखि रहेको छ । यता कोभिड बिरामीकै लागि र घरमै स्टक राख्नका लागि भन्दै सिलिण्डसहित अक्सिजन उत्पादन कम्पनीमा मानिसहरु लामबद्ध अवस्था छ । यस्तो अवस्थामा कल्वले आफुसंग भएको अक्सिजन सेट हस्तान्तरण गर्दा कसैको जीवन बाच्न सहयोग पुग्ने दावी गरेको छ ।
कोरोना संक्रमितको उपचारमा अक्सिजन अभावका कारणले कसैको मृत्यु नहोस् भन्ने उद्देश्यले आपतकालिन प्रयोगको लागि माउन्ट एभेरष्ट कल्बले अरु अस्पतालसँग समन्वय गरेर सहयोग गर्ने कल्बको भनाई रहेको छ । हिमाल आरोहणको क्रममा प्रयोग हुने अक्सिजन सिलिन्डर सङ्कलन गरेर सहयोग गर्ने तयार रहेको कल्बका अध्यक्ष दावाछिरी शेर्पोले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्