ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर एकैदिन चार लाख २९ हजार सङ्क्रमित थपिए, भारतमा कम हुँदै कोरोना सङ्क्रमण


एबीसी / संवाददाता
११ जेष्ठ २०७८, मंगलबार   ७ : २६   बजे

काठमाडौं, ११ जेठ ।  विश्वमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका आठ लाख २९ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् ।एकै दिन आठ हजार तीन सय आठ जनाको मृत्यु भएको छ । २४ घण्टाभित्र थपिएका नयाँसहित विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या १६ करोड ७९ लाख ६३ हजार दुई सय १३ पुगेको छ ।सङ्क्रमण पुष्टि भएकामध्ये १४ करोड ९३ लाख ७१ हजार दुई सय ५४ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एक करोड ५१ लाख पाँच हजार छ सय २७ जनाको उपचार जारी छ । उपचार गराइरहेकामध्ये ९७ हजार सात सय ४२ जनाको अवस्था गम्भीर छ ।विश्वमा एकै दिन आठ हजार तीन सय आठ जनाको कोरोनाका कारण मृत्यु भयो । विश्वभर हालसम्म कोरोना सङ्क्रमित ३४ लाख ८६ हजार तीन सय ३२ जनाको मृत्यु भएको छ ।विश्वमा दैनिक नयाँ थपिने र मृत्यु हुने कोरोना सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसलाई सङ्क्रमण नियन्त्रणका लागि गरिएका विभिन्न प्रयास केही हदसम्म सफल हुँदै गएको रुपमा लिइएको छ ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा २४ घण्टाभित्र १६ हजार सात सय ६१ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ३९ लाख १८ हजार तीन सय १६ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ७५ लाख ५८ हजार सात सय ६४ जना निको भएर घर फर्किएका छन् । ५७ लाख ५५ हजार एक सय ७४ जनाको उपचार जारी रहेकोमा छ हजार आठ सय ८४ जनाको अवस्था गम्भीर छ ।एकै दिन अमेरिकामा दुई सय ८४ जनाको मृत्यु भएको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या छ लाख चार हजार तीन सय ७८ जनाको मृत्यु भइसकेको छ ।अमेरिकामा पनि नयाँ थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । यसअघि दैनिक ५० हजारभन्दा सङ्क्रमित थपिने गरेका थिए । दुई हजारभन्दा बढीको दैनिक मृत्यु भइरहेको थियो ।नेपालसँग खुला सीमा रहेको छिमेकी मुलुक भारतमा २४ घण्टाभित्र एक लाख ९५ हजार आठ सय १५ जना नयाँ बिरामी थपिए । यसअघि दैनिक चार लाख हाराहारीमा नयाँ बिरामी थपिने भारतमा पछिल्लो समय त्यो सङ्ख्या कम हुँदै गइरहेको छ ।

जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ६९ लाख ४७ हजार चार सय ९६ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ४० लाख ४७ हजार सात सय ६० जना उपचारपछि निको भएका छन् ।२५ लाख ९२ हजार चार सय ८७ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।एकै दिन भारतमा तीन हजार चार सय ९८ जना सङ्क्रमितको मत्यु भयो । भारतमा सङ्क्रमितको मृत्यु दर पनि कम हुँदै गएको छ । यसअघि दैनिक चार हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

हालसम्म कोरोनाका कारण तीन लाख सात हजार दुई सय ४९ जनाको मृत्यु कोरोनाका कारण भइसकेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।ब्राजिलमा एकै दिन ३७ हजार पाँच सय ६३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६१ लाख २१ हजार एक सय ३६ पुगेको छ ।एक करोड ४५ लाख ५२ हजार ४२ जना उपचारपछि निको भएका छन् । ११ लाख १९ हजार ८६ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टामा ब्राजिलमा आठ सय ४१ सङ्क्रमितको मृत्यु भयो । हालसम्म मृत्यु हुनेको सङ्ख्या चार लाख ५० हजार २६ पुगेको छ ।ब्राजिलमा पनि दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

सम्बन्धित

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group