ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फोनमा ‘आई लभ यू बूढी’ भन्ने शिक्षकको घाँटी रेटियो, एक युवती पक्राउ


एबीसी / संवाददाता
१७ जेष्ठ २०७८, सोमबार   १ : ०९   बजे

काठमाडौं,१७ जेठ ।  भोजपुरको पौवादुङ गाउँपालिकामा एक छात्राले आफ्नो शिक्षकको घाँटी रेटेकी छन् । ट्युसन पढाउने शिक्षकले फोनमा म्यासेज गर्दै ‘आई लभ यू बूढी’ भन्दै म्यासेज गरेपछि गत शनिबार भोजपुरको पौवादुङ गाउँपालिका–६ की २४ वर्षीया छात्रा नशा राईले शिक्षक योगेन्द्र कार्कीको खुकुरीले घाँटी रेटेकी हुन् ।

घटना गत शनिबारको हो । पौवादुङ–४ का २९ वर्षीय शिक्षक कार्की ती छात्रालाई ट्युसन पढाउन ठूलोदुङ्मा जाने गर्थे । आफ्नै छात्रा नशाको फोन नम्बर पाएका शिक्षकले म्यासेजमा ती छात्रासँग कुरा गर्थे । केही समयता भने उनले ती छात्रालाई ‘ओई बुडी, आई लभ यु, डार्लिङ भन्ने सन्देश पठाएका थिए । त्यसपछि आक्रोशित बनेकी ती छात्राले शनिबार राति ९ बजे माने डाँडामा शिक्षक कार्कीलाई ‘सरप्राइज’ दिने भन्दै बोलाएकी थिइन् ।सरप्राइज पाउने आशामा त्यहाँ पुगेका कार्कीले युवतीले भने अनुसार गरे ।

‘युवतीले आँखा चिम्लिनु, घाँटी ठाडो पार्नु भनिछन् र सो आदेशअनुसार काम शिक्षकले गरेका रहेछन् । त्यसपछि युवतीले घाँटी रेटेकी रहेछिन् । शिक्षकको घाँटी छिन्न केही मात्र बाँकी थियो’, उनको उपचारमा संलग्न डाक्टरले भने ।युवतीले घाँटी रेटेपछि घाइते भएका शिक्षक कार्की जसोतसो डाँडाबाट गाउँबस्ती भएको ठाउँमा पुगेका थिए । त्यसपछि स्थानीयले उपचारका लागि प्राथामिक स्वास्थ्य चौकी मानेडाँडा पु¥याएका थिए ।त्यहाँ डा. कैलाश विश्वकर्माले कार्कीलाई सामान्य उपचार गरी थप उपचारका लागि विराटनगरस्थित नोबेल अस्पताल रेफर गरेका थिए । विराटनगरमा उपचार गरी कार्कीलाई पुनः जिल्ला अस्पताल ल्याइएको र थप उपचार भइरहेको डा. विश्वकर्माले बताउनुभयो ।

यता, जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख डिएसपी कृष्णकुमार चन्दले ती छात्रालाई हिरासतमा लिएर अनुसन्धान थालेको जानकारी दिनुभयो । उहाँका अनुसार घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङ र बस्तीस्थित प्रहरी चौकीबाट टोलीले उनलाई सोही राति पक्राउ गरेको हो ।खुकुरी प्रहार गर्ने युवतीले आफूमाथि शिक्षकले असभ्य शब्दहरू म्यासेन्जरमा पठाएकाले सहन नसकेर आक्रमण गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group