ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर ३७ लाख संक्रमितको मृत्यु, १५ करोड ५२ लाख निको


एबीसी / संवाददाता
२० जेष्ठ २०७८, बिहिबार   ७ : ३६   बजे

काठमाडौं , २० जेठ । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३७ लाख नाघेको छ ।

विश्वभर दैनिक १० हजार हाराहारीमा सङ्क्रमितको मृत्यु भइरहँदा कोरोनाकै कारण मृत्युवरण गर्नेको सङ्ख्या ३७ लाखबाट उकालो लागेको हो । पछिल्लो २४ घण्टामा विश्वभर १० हजार एक सय ७६ जनाको कोरोनाका कारण मृत्यु भयो । हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ३७ लाख पाँच हजार एक सय ९६ पुगेको छ ।

विश्वमा एकै दिन चार लाख ६८ हजार एक सय ७९ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १७ करोड २३ लाख ८५ हजार छ सय पुगेको छ । सङ्क्रमितमध्ये १५ करोड ५२ लाख २९ हजार सात सय ५३ जना उपचारपछि निको भएका छन् ।

एक करोड ३४ लाख ५० हजार छ सय ५१ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये ९० हजार एक सय ६२ जनाको अवस्था गम्भीर छ । विश्वमा दैनिक सङ्क्रमण पुष्टि हुने र कोरोनाकै कारण मृत्यु हुनेको सङ्ख्या कम हुँदै गइरहेको छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबले कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन चार सय ५६ जनाको मृत्यु भयो । हालसम्म छ लाख १० हाजर नौ सय ४६ जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार पाँच सय ५४ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४१ लाख ५० हजार नौ सय ४० पुगेको छ ।

दुई करोड ७९ लाख ७८ हजार नौ सय नौ जना उपचारपछि निको हुँदै सामान्य जीवनमा फर्किएका छन् । ५५ लाख ६१ हजार ८५ जनाको उपचार जारी रहेकोमा पाँच हजार नौ सय २१ जनाको अवस्था चिन्ताजनक छ ।

छिमेकी मुलुक भारतमा दैनिक थपिने र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । एकै दिन दुई हजार आठ सय ९९ जनाको मृत्यु भयो । हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको सङ्ख्या तीन लाख ३८ हजार १३ पुगेको छ ।

२४ घण्टाभित्रमा एक लाख ३४ हजार एक सय पाँच जना नयाँ बिरामी थपिए । जम्मा सङ्क्रमित सङ्ख्या दुई करोड ८४ लाख ४० हजार नौ सय ८८ पुगेको छ । सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८२ हजार आठ सय ९७ जना उपचारपछि निको भएका छन् ।

१७ लाख २० हजार ७८ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा एकै दिन दुई हजार तीन सय ९४ जनाको मृत्यु भयो । हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख ६७ हजार सात सय छ पुगेको छ ।

२४ घण्टाभित्र ९४ हजार पाँच सय नौ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६७ लाख २० हजार ८१ पुगेको छ । सङ्क्रमितमध्ये एक करोड ५१ लाख ६८ हजार तीन सय ३० जना उपचारपछि निको भएका छन् ।

१० लाख ८४ हजार ४५ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

अमेरिका–टर्की खेलको रोमाञ्चक सुरुवात, पहिलो १० मिनेटमै १–१ को बराबरी

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

विश्व बजारमा कच्चा तेलको मूल्य मध्यपूर्वको युद्ध शुरू हुनुअघि भन्दा पनि सस्तो

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu