ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था बाट अस्पताललाई सहयोग


एबीसी / संवाददाता
२० जेष्ठ २०७८, बिहिबार   ३ : १२   बजे


महोत्तरी, २० जेठ :
बर्दिबास अस्पतालले रु २० लाख मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग प्राप्त गरेको छ । कारितास नेपाल, कारितास जर्मनी, आड्रा नेपाल र स्वीस सोलिडारिटीसहितका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बर्दिबास अस्पताललाई कोभिड–१९ सङ्क्रमण प्रतिरक्षा, जाँच र बिरामीको उपचार प्रयोजनका स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

दातृ निकायका साझेदार संस्था तथा सामग्री व्यवस्थापनका समन्वयकर्ता सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले सामग्री अस्पताल विकास समितिका अध्यक्ष तथा बर्दिबासका नगरप्रमुख बिदुरकुमार कार्कीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो । कोभिड–१९ को सघन उपचार गर्दै आएको अस्पताललाई कारितास नेपाल र कारितास जर्मनीले रु १६ लाख ४७८ तथा आड्रा नेपाल र स्वीस सोलिडारिटीले रु दुई लाख १३ हजार ४९७ मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेका अस्पतालले जनाएको छ ।

प्राप्त सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर मेसिन, नेबुलाइजर मेसिन, पल्स अक्सोमिटर, प्रोटेबल सक्सेन मेसिन, अक्सिजन सिलिण्डर, स्यानिटाइजर, भिटिएम ट्युब, एन्टिजेन किट, एक्सट्रक्शन किट, पिपिई सेट, थर्मलगन, सर्जिकल ग्लोब्स, सर्जिकल मास्क र एन–९५ सहितका सामग्री रहेका अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा कोभिड–१९ स्रोत व्यक्ति रामबाबु यादवले जानकारी दिनुभयो । यसै साताको प्रारम्भमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालकै समन्वयमा हेल्भाटस अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले अस्पताललाई रु १२ लाख मूल्य बराबरका यस्तै स्वास्थ्य सामग्री प्रदान गरेको थियो ।

यसैगरी कारितास नेपाल र कारितास जर्मनीले आजै जिल्लाको गौशाला नगरपालिका–१२ स्थित कोभिड–१९ आइसोलेशन सञ्चालन गरेको स्वास्थ्यचौकी इमलीबजारलाई रु पाँच लाख मूल्य बराबरका स्वास्थ्य सामग्री प्रदान गरेको छ । यसैगरी आड्रा नेपाल र स्वीस सोलिडारिटीले छिमेकको धनुषा जिल्लामा पर्ने बटेश्वर स्वास्थ्यचौकीलाई करिब रु ३७ हजार मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको पैरवी मञ्चले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group