ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जन्डिस हुन नदिन अपनाउनुस यी घरेलु उपायहरु ।


एबीसी / संवाददाता

जन्डिस आफैँमा रोग होइन, बरु एउटा गम्भिर रोगको लक्षण हो । जन्डिस भएपछि कलेजो विग्रने र भाइरल हेपटाइटिस हुने गर्छ जसको उपचार निकै कठिन मानिन्छ । मलेरिया, हेपटाइटिस ए लगायतका रोगका कारण पनि जन्डिस हुने गर्छ ।

प्रारम्भिक रुपमा पहिचान गर्न सकेमा कतिपय अवस्थामा जन्डिसलाई घरमै उपचार गर्न सकिन्छ ।कतिपयलाई जन्डिसको समस्या दोहोरियर पनि हुने गर्दछ। यस्तो अवस्थामा जन्डिसका लक्षण देखानासाथ घरेलु उपाय अपनाउने र खानपानमा ध्यान दिए जन्डिस निर्मुल बनाउन पार्न सकिन्छ । जन्डिस उपचारका केही प्रमाणित घरेलु उपाय यस्ता छन् ।

गोलभेडाको जुसः एक चिम्टिी नुन र मरिचको धुलो मिसाएको एक गिलास गोलभेडाको जुस विहान खाली पेट खानुहोस् ।

मुलाको पातः मुलाको पातले भोक लगाउने र आन्द्राको कार्यलाई सुचारु गराउँछ । मुलाको पातको जुस बनाई फिल्टर गरी खाँदा उत्तम हुन्छ ।

मेवाको पातः एक चम्चा महलाई एक चिया चम्चा मेवाको पातको पेस्टमा मिसाएर खानुहोस् । यसको सेवन जन्डिसका लागि निकै प्रभावकारी उपाय हुन सक्छ ।

उखुको रसः उखुमा भएको तत्वहरुले जन्डिसका रोगीले खाएको खानेकुरा वा जुस पचाउन सहयोग गर्नुका साथै कलेजोलाई उचित रुपमा काम गर्न सहयोग पुर्याई बिरामीलाई जन्डिसबाट मुक्त हुन सहयोग पुयाउछ । एक गिलास उखुको जुस नियमित पिउनुहोस् । दुई सातामै सकरात्मक नतिजा आउँछ । जुस निकाल्नुअघि उखुलाई राम्रोसँग सफा गर्नुहोस् ।

तुलसी पत्ताः १० देखि १५ ओटा तुलसीका पात लिनुहोस् र यसको लेप बनाउनुहोस् । यसमा यसमा आधा गिलास ताजा जुस मिसाउनुहोस् । दुई देखि तीन साताभित्रै जन्डिसबाट मुक्त हुन सकिन्छ ।

ग्रोजबेरीः ग्रोजबेरीमा भिटामिन सी पर्याप्त पाइन्छ । जन्डिसको लक्षणहरु अन्त्य गर्न वा जन्डिस भइसकेपछि पनि यसबाट मुक्त पाउन यसले निकै सहयोग पुर्याउछ ।

जौः एक मुठी जौलाई तीन लिटर पानीमा मिसाएर सानो आगोमा लामो समयसम्म तताउनुहोस् । यसरी धेरैबेरसम्म तताएको पानीलाई बारम्बार पिउनुहोस । उमालेको जौ पानी जन्डिस उपचारका लागि सही तरिका सक्छ ।

कागतीस् कागतीमा भएको रोग प्रतिरोधी तत्वले पनि जन्डिस उपचारमा सहायक सिद्ध हुन सक्छ । कागतीले रोकिएका आन्द्राका नलिहरुलाई खुलाइदिनुका साथै रोगीले खाएको खानेकुरा पचाउन पनि मद्दत गर्छ । यसरी बनाएर खाएको कागती पानीले कलेजोको कोषलाई हानी हुनबाट बचाउछ ।

चिचिन्डोः सात देखि १० ओटा चिचिन्डाका पात लिनुहोस् र एक कप पानीमा मिसाएर उमालेर चिसो बनाउनुहोस् । सेलाएपछि दिनमा कम्तिमा तीन गिलास पिउनुहोस्, जन्डिसबाट केही हदसम्म मुक्ति मिल्न सक्छ ।

घ्युकुमारीको पातः घ्युकुमारीको केही पात टिपेर भित्रको तरल पर्दाथलाई कालो नून र अदुवासँग मिलाउनुहोस् । १० दिनसम्म खाली पेट खानुहोस् । बिस्तारै सुधार आउछ ।

कसनीको बिरुवाः यो आफैमा औषधी हो। कलेजोको रोग उपचारका लागि कसनीका सबै भाग जस्तै फुल, विया, जरा र बोक्रा समेत प्रयोग हुन्छ । यसको जुस पिउनाले कलेजोेलाई सक्रीय रुपमा काम गर्छ ।

महिः एक गिलास महि लिनुहोस र यसमा केही कालो मरिच हाल्नुहोस् । राम्रोसँग घोल्नुहोस र दिनमा कम्तिमा तीन पटक पिउनुहोस् ।

केराः पाकेको केरालाई मुठिले मिच्नुहोस, केही मह मिसाउनुहोस र दिनमा कम्तिमा पनि दुई पटक खानुहोस् । जण्डिस उपचारमा यो विधि आयुर्बेदमा पनि निकै प्रयोग भएको पाइन्छ ।

गाँजरको जुसः गाँजरको ताजा जुस बनाउनुहोस् र दिनमा पाँच सात पटक पिउनुहोस् । गाँजरका टुक्रालाई रोगीले खाने खानामा समेत मिलाए दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com