ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय


एबीसी न्यूज
२९ असार २०८३, सोमबार   ३ : ३३   बजे

काठमाडौं — सरकारले नेपालको सुरक्षा, शान्ति, सार्वजनिक व्यवस्था तथा मित्रराष्ट्रसँगको कूटनीतिक सम्बन्धमा प्रतिकूल असर पार्ने विषयवस्तु भएका चलचित्रलाई नेपालमा प्रदर्शन अनुमति नदिने निर्णय गरेको छ।

सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई निर्देशन जारी गर्दै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८(३) अनुसार यस्ता चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समितिबाट प्रदर्शन अनुमति नदिन स्पष्ट निर्देशन दिएको हो।

मन्त्रालयले बोर्डलाई निर्माता, वितरक तथा सम्बन्धित सरोकारवालालाई पनि यस व्यवस्थाबारे जानकारी गराई आवश्यक समन्वय गर्न भनेको छ। ऐनको उक्त व्यवस्थाअनुसार नेपालको सुरक्षा, शान्ति, सार्वजनिक व्यवस्था वा मित्रराष्ट्रसँगको सु–सम्बन्धमा प्रतिकूल प्रभाव पार्ने चलचित्र वा त्यसको कुनै अंशलाई प्रदर्शन अनुमति दिन मिल्दैन।

यो निर्णय हालै भारतीय अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘अल्फा’ को प्रदर्शनलाई लिएर भएको विवादपछि आएको हो। उक्त फिल्मको प्रदर्शन अनुमति प्रक्रियामा सञ्चारमन्त्री विक्रम तिमल्सिनाको हस्तक्षेपपछि जाँच समितिले अनुमति दिएको विषय विवादित बनेको थियो।

सरकारको नयाँ निर्देशनले विशेषगरी नेपालमा प्रदर्शन हुने विदेशी, विशेषतः भारतीय चलचित्रमा प्रत्यक्ष प्रभाव पार्ने अनुमान गरिएको छ। पछिल्ला वर्षहरूमा नेपालमा व्यावसायिक रूपमा सफल भएका धेरै भारतीय चलचित्रहरूमा पाकिस्तानविरोधी कथावस्तु समावेश हुने गरेका छन्। अब यस्ता सामग्रीले नेपालको मित्रराष्ट्रसँगको सम्बन्धमा असर पार्ने ठहर भएमा प्रदर्शन अनुमति नपाउने संकेत सरकारले दिएको छ।

यस निर्णयसँगै चलचित्र सेन्सर प्रक्रियामा कूटनीतिक संवेदनशीलतालाई थप प्राथमिकता दिइने भएको छ भने चलचित्र उद्योगमा यसको प्रभावबारे नयाँ बहस सुरु हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

‘कामी’ लेख्न बाध्य पार्नु संविधानविपरीत : सर्वोच्चको ऐतिहासिक फैसला— अब ‘विश्वकर्मा’ रोज्न पाइने

सम्बन्धित

कवि शैलेन्द्र साकारको एकल कविता वाचन सम्पन्न

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu