ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोर्डको विज्ञप्तिको झड्का : नेप्सेमा पहिरो


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   ४ : ४१   बजे

काठमाडौं २ असार ।नेपाल धितोपत्र बोर्डको एउटा विज्ञप्तिले बुधबार सेयर बजारमा पहिरो गएको छ। यस दिन नेप्से परिसूचक ५२.३९ अंकले घटेको हो। यो अंकको कमीपछि परिसूचक २९६९ अंकमा झरेको छ।

आज कारोबार रकममा पनि कमी आएको छ। दिनभर कुल १५ अर्ब ४८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। हिजो १६ अर्ब ५२ करोड रुपैयाँको कारोबार भएको थियो।

माइक्रोफाइनान्सबाहेकका सबै समूह घटेका छन्। यी समूह मात्रै यस दिन १३९ अंकले बढ्यो।

यस दिन बैंकिङ ९, ब्यापार १०३, होटल तथा पर्यटन २०२, विकास बैंक १९४, जलविद्युत १४९, फाइनान्स १७२, निर्जीवन बीमा ४०३, उत्पादन २०४, जीवन बीमा ४०५ र अन्य ७० अंकले घटेका छन्।

बोर्डले विज्ञप्तीमा उल्लेख गरेका कम्पनीहरुको मूल्य नै यस दिन उच्च दरले घटेको छ। गोर्खा फाइनान्स, जोशी हाइड्रो, नेसनल हाइड्रो, छ्याङदी हाइड्रो, आँखु खोला जलविद्युत, बेस्ट फाइनान्स, पन्चकन्या माइ हाइड्रो, घलेम्दी हाइड्रो, पोखरा फाइनान्सको मूल्य करिब १० प्रतिशतले गिरावट आएको छ ।

त्यस्तै मल्टिपर्पोज फाइनान्स, दिव्यश्वरी हाइड्रो, नेपाल फाइनान्स, प्रोग्रेसिभ फाइनान्सको मूल्य पनि १० प्रतिशतकै हाराहारीमा घटेको छ।

आज सिइडिबी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो। त्यस्तै युनियन हाइड्रो र फस्ट माइक्रोफाइनान्सको मूल्य ७ प्रतिशतले बढ्यो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group