ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाउँपालिका , प्रहरी चौकी, बैंक र होटल बगायो, स्थानीय ओडारमा


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   ४ : ४७   बजे

लमजुङ, २ जेठ । हिमाली जिल्ला मनाङमा बाढीले गाउँपालिका भवन, प्रहरी चौकी, बैंक र होटल बगाएको छ । सोमबारदेखि निरन्तर परेको बर्षाका कारण धारापानी रहेको नासो गाउँपालिकाको भवन, इलाका प्रहरी कार्यालय धारापानी, प्रभु बैंक, प्राइम कमर्सियल बैंकको भवन र होटल बगाएको छ ।

प्राइम कमर्सियल बैंकका एक कर्मचारी सम्पर्कविहिन भएका छन् । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार निरन्तर पानी परिहेको र मस्र्याङदी नदी बढ्दै जाँदा बाढी पसेको हो । बाढीले बुधबार गाउँपालिकाको भवन, प्रहरी चौकी, बैंकसंगै पाँच वटा होटल बगाएको उहाँले बताउनुभयो । भवन पछाडिको सबै भाग बगाएको बताउनुभएको छ । उहाँका अनुसार मस्र्याङदीमा आएको बाढीले गर्दा धारापानी बजार नै जोखिममा परेको छ । बाढीले बुधबार ताचै जाने बेलिब्रिज, थोंचे–तिल्चे क्षेत्र जाने झोलुंगे पुल बगाएको प्रशासनले जनाएको छ । उक्त क्षेत्र मनाङको तल्लो भेग पर्छ ।

प्रजिअ लामिछानेले बिजुली, टेलिफोनका पोलहरु, तारहरु, खानेपानीको पाइपहरुमा क्षति भएको बताउनुभयो । सोमबारदेखि बिजुली अवरुद्ध भएको छ । सबैको मोबाइल अफ भएको छ । धारापानी पारी रहेको थोचें स्वास्थ्य चौकी पनि जोखिममा रहेको बताउनुभयो ।

सम्पर्क विहीन कर्मचारी कुनै सुरक्षित ठाउँमा बसेको हुन सक्ने प्रहरीले जनाएको छ । धारापानी क्षेत्रमा जोखिम बढेपछि स्थानीयहरु ओडार गाउँमा सुरक्षितका साथ बसेका छन् । नदी आसपासका सबै वस्तीहरु जोखिममा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu