ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनेभामा बाइडेन र पुटिनबीच भेटवार्ता : दुबैले फेरि राजदूत पठाउने सहमति


एबीसी / संवाददाता
३ असार २०७८, बिहिबार   ९ : ३१   बजे


काठमाडौं, ३ असार । अमेरिकी राष्ट्रपति जो बाइडेन र रूसी समकक्षी भ्लादमिर पुटिनबीच स्विट्जरल्यान्डको राजधानी जेनेभामा झन्डै चार घन्टा वार्ता भएको छ।

बाइडेनले अमेरिकी राष्ट्रपति बनेपछि पहिलो पटक बुधबार रूसी समकक्षीसँग वार्ता गरेका हुन्। पछिल्लो समय खस्किँदै गएको अमेरिका-रूस सम्बन्धमा बाइडेन-पुटिन वार्ताले खासै ठूलो परिवर्तन नल्याउने वार्तापछि उनीहरूले गरेका छुट्टाछुट्टै पत्रकार सम्मेलनबाट देखिन्छ। जेनेभा तालको किनारमा बाइडेन र पुटिनले छुट्टाछुट्टै पत्रकार सम्मेलनमार्फत् एक-अर्काबारे नराम्रा शब्द त प्रयोग गरेनन् तर वार्ताबाट सम्बन्धमा परिवर्तन हुने संकेत पनि गरेनन्।

दुबै नेताहरूले वासिङ्टन र मस्कोमा फेरि आफ्ना राजदूत पठाउने सहमति गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।यसअघि बाइडेनले गत मार्चमा पुटिनलाई हत्यारा भनेपछि रूसले आफ्ना राजदूतलाई वासिङ्टनबाट फिर्ता बोलाएको थियो भने अमेरिकाले पनि मस्कोबाट आफ्ना दूतलाई बोलाएको थियो।त्यस्तै दुबै राष्ट्रपतिले साइबर सुरक्षा र हतियार नियन्त्रणबारे कुराकानी गर्ने सहमति गरेका छन्। ती विषयमा अब कसरी कुराकानी अघि बढ्छ भन्ने खुलाइएको छैन। वार्ताका क्रममा आफूले गत मेमा अमेरिकाको पूर्वी क्षेत्रमा पाइपलाइनमा भएको साइबर आक्रमणको कुरा उठाएको बाइडेनले बताए। तर पुटिनले भने रूसले अमेरिकामाथि कुनै साइबर हमला नगरेको दाबी गरे। राष्ट्रपति बाइडेनले पुटिनलाई १६ वटा क्षेत्रमा रूसले साइबर हमला गरे त्यसको परिणाम गम्भीर हुने भनेको बताए। तर १६ क्षेत्र के-के हुन् भन्ने उनले खुलाएनन्।

रूसी विपक्षी नेता एलेक्सी नाभाल्नीका विषयमा पनि आफूले कुरा उठाएको बाइडेनले बताए।


रूसी राष्ट्रपति पुटिनले भने जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमण, ब्ल्याक लाइभ्स म्याटर आन्दोलनजस्ता कुराले अमेरिकामा अस्तव्यस्ता ल्याएको भन्दै सहानुभूति प्रकट गरे। उनले आफ्नो मुलुकमा त्यस्तो हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे।दुई नेताहरूले व्यक्त गरेका फरक(फरक धारणाले उनीहरूबीचको बहुप्रतिक्षित वार्ताले यी दुई शक्ति राष्ट्रबीच जारी तनावपूर्ण सम्बन्ध कायम रहने देखिएको छ।पुटिनसँगको भेटवार्तापछि राष्ट्रपति बाइडेन पहिलो विदेश भ्रमण सकेर स्वदेश फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्न सक्ने

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्दै

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu