ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली श्रमिक अधिक रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन हुने


एबीसी / संवाददाता
३ असार २०७८, बिहिबार   १२ : २७   बजे

काठमाडौं, ३ असार ।  सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सिसीएमसीको उक्त निर्णय मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले सिसीएमसीले सिफारिश गरेको निर्णय मन्त्रिपरिषद्ले पारित गरेपछि मन्त्रालयमा लिखितरूपमा आएर कार्यान्वयनमा जाने जानकारी दिनुभयो ।

त्यसैगरी बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कूल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group