ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने


एबीसी / संवाददाता
३ असार २०७८, बिहिबार   २ : ४९   बजे



क्यान्बेरा, ३ असार –– अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो ।

गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकारले उमेर बढाएको हो ।

स्वास्थ्य मन्त्री ग्रेग हन्टले बिहीबारको नयाँ घोषणा गर्दा कुनै वैज्ञानिक तथ्यमा आधारित भएर नगरिएको बताउँदै सरकारले सचेतता अपनाउन चाहेको स्पष्ट गर्नुभयो ।
अस्ट्रेलियाले ५० देखि ५९ वर्षको उमेरका व्यक्तिलाई सरकारले स्वीकृत गरेको फाइजर खोप लगाउन सिफारिस गरेको छ ।
अस्ट्रेलियामा अस्ट्राजेनिका खोप लगाएका मध्ये दुई व्यक्तिको मस्तिष्कमा रगत जम्ने समस्याबाट मृत्यु भएको आशंका गरिएको छ ।

सर्वप्रथम गत अप्रिलमा अस्ट्राजेनिकाको खोप लगाएकी ४८ वर्षीया एक महिलाको मृत्यु भएको थियो । ती महिलाको मृत्यु भएसँगै सरकारले ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र अस्ट्राजेनिका खोप लगाउन सिफारिस गरेको थियो ।
अस्ट्राजेनिका खोप लगाएका व्यक्तिमा मस्तिष्कमा रगत जम्ने समस्या नदेखिएका व्यक्तिलाई मात्र दोस्रो डोज खोप लगाउन सरकारले अनुरोध गरेको थियो ।
अस्ट्रेलिया सरकारले आफ्ना नागरिकका लागि अमेरिकी खोप उत्पादक मोडर्नाका खोपहरु चाँडै भित्र्याउने योजना बनाएको छ, र यसै वर्षको अन्त्यसम्ममा सबै वयस्क व्यक्तिलाई कम्तीमा एक डोज खोप लगाउने घोषणा गरेको छ ।(एपी)
––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्न सक्ने

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्दै

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu