ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमलेन्द्र, प्रकाशमान र शंशाकबीच भेटवार्ता


एबीसी / संवाददाता
७ असार २०७८, सोमबार   ४ : ३७   बजे

काठमाडौं, ७ असार । नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिका आकांक्षीहरुले भेटवार्ता तीव्र बनाउनुभएको छ । सोमबार दिउँसो कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच ‘लञ्च मिटिङ’ भएको छ । सर्वसम्मत नेतृत्व चयनका पक्षमा लबिङ गर्दै आएका उपसभापति निधिले आफ्नो वैवाहिक वर्षगाठको अवसर पारेर नेताहरुलाई निवासमै बोलाउनुभएको थियो ।

कांग्रेसका संस्थापक वीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्र तीनै जना सभापतिका आकांक्षी हुनुहुन्छ । तीन नेताबीच निधि निवास मध्य वानेश्वरमा सोमबार दिउँसो भएको दुई घण्टा लामो भेटमा पार्टीको आसन्न महाधिवेशनमै केन्द्रित भएर कुराकानी भएको स्रोतले बताएको छ ।

‘महाधिवेशनमा सहमतिमै नेतृत्व चयन गर्नेबारे कुराकानी भयो,’ निधिनिकट स्रोतले भन्यो, ‘अब सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालगायतसँग पनि छलफल गर्ने समझदारी भएको छ ।’ निधि निकट स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि निम्तो दिइएको थियो । तर देउवा आफूनिकट केन्द्रीय सदस्यहरुसँग छलफलमा रहेकाले आउन ढिलो भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज

बीएलसी ग्लोबल होल्डिङ्सद्वारा बाढी प्रभावितका लागि ३ करोड ३६ लाख सहयोग

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu