ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्वारेन्टाइनमा कसरी फिट एण्ड फाइन रहने


एबीसी / संवाददाता

काठमाडौँ, ७ असार

लकडाउनका बेला स्वास्थ्यमा समस्या आयो भने के गर्ने रु धेरैका लागि यो टाउको दुखाईको विषय बनेको छ । किनभने अहिले घर बाहिर हिँडडुल गर्न सहज छैन । गाडी पाइँदैन । अस्पतालसम्म पुग्नै गाह्रो छ । अस्पतालमा उपचार गर्न पनि सजिलो छैन ।

घर र अस्पताल आउजाउ गर्दा कोरोना भाइरस भित्रिने जोखिम पनि छ । त्यसैले घरमै बसेर कसरी आफूलाई फिट एण्ड फाइन राख्ने भन्ने कुरामा सचेत रहन जरुरी छ । रोग किन लाग्छ रु यसको सोझो जवाफ हो, हाम्रो आफ्नै कमजोरीले । अर्थात खानपान, दिन चर्या आदिमा हुने गडबडीले ।

खासगरी हाम्रो यस्ता आनीबानी, जसले रोगी बनाउँछ । खासगरी बाह्य वातवरणीय कारणले पनि हामीलाई कमजोर बनाउँछ । कतिपय अवस्थामा बंशाणुगत कारण हामी रोगी बन्छौं । तर, त्यो भन्दा बढी चाहिँ हामी आफ्नै खराब जीवनशैलीको कारण रोगी बन्छौं ।

हुन त अहिले सर्बत्र संक्रमणको भय छ । अर्कोतिर हामीले खाने अधिकांश खानेकुरा विषाक्त छन् । घरमा दिनभर बस्दा शारीरिक क्रिया कम भएको पनि हुनसक्छ । त्यसैगरी एक किसिमको छटपटी पनि भएको होला । यी सबैले स्वास्थ्य चुनौती थपिदिएको छ ।

कसरी फिट एन्ड फाइन रहने

सादा खाना खाने

घरमा बसेको बेला वा पारिवारिक माहोलमा मीठो मसिनो खानेकुरा खान मन लाग्छ । समय कटाउनका लागि पनि कतिपयले मीठो मसिनो बनाएर खाने गर्छन् । तर, यतिबेला स्वास्थ्यको ख्याल भने राख्नैपर्छ । मीठो खाने चक्करमा पेटको समस्या आउन सक्छ ।

त्यसैले सुपाच्य खानेकुरा तथा सादा खाने कुरामा जोड दिनु राम्रो हो । खानेकुरा हतार नगरी राम्ररी चपाएर खानुपर्छ । साथसाथै बिस्तारै चपाएर खाना सेवन गर्दा ओभर डाइटिङबाट बचिन्छ । किनभने लामो समय लगाएर खाना खाँदा हतारमा खाएजस्तो धेरै मात्रामा खानेकुरा खाइँदैन ।

खनामा सागसब्जीलाई जोड दिने

हुन त होम क्वारेन्टाइनमा बसेको बेला सब्जीको रुपमा गेडागुडी खान सजिलो हुन्छ । किनभने यसलाई लामो समय राखेर खान सकिन्छ । तर, गेडागुडीमात्र सेवनगर्नु पनि उपयुक्त हुँदैन । सागसब्जी मिसाउनु पर्छ । अहिले सागसब्जीको सिजन पनि हो । सुरक्षित ढंगले खरिद गरेर ल्याइएको सागसब्जी खानामा समावेश गर्नुपर्छ ।

घरमै हिँडडुल गर्ने

घरमा एकै ठाउँ बसिरहने, टिभी हेरिरहने, मोवाइल चलाइरहने, सुतिरहने प्रवृत्तिले स्वास्थ्यमा समस्या ल्याउन सक्छ । त्यसैले घरमै बसेको बेला केही न केही काम गरौं । यताउता हिँडडुल गर्ने, बगैंचामा काम गर्ने गरौं । खाना पकाउने, घर सफा गर्ने, लुगाफाटो धुने जस्ता कामले पनि सक्रिय राख्छ ।

सुत्ने र उठ्ने तालिका बनाउने

अहिले धेरैको सुत्ने र उठ्ने तालिकामा गडबडी भएको हुनसक्छ । कार्यलय वाबाहिर जाननपर्ने भएकाले जतिबेला सुतेपनिहुने वाजतिबेला उठेपनिहुने भन्ने सोचाई हुनसक्छ । तर, सुत्ने र उठ्ने तालिकानियमितनहुँदा शरीरमा गडबडी हुन्छ । दैनिकी नै अस्तव्यस्त हुन्छ । त्यसैले निश्चित समय सुत्ने, निश्चित समयमा उठ्ने गरौं । कम्तीमा७वा ८ घण्टा मस्त निद्रालिऔं ।

मोबाइललाई विश्रामको साधन नबनाउने

अहिले धेरैको समय कटाउने बाहाना भएको छ मोवाइल । तर, हरक्षण मोवाइलमा लिप्त हुँदा स्वास्थ्य बिग्रिन्छ । दिसा पिसाब समेत रोकेर, भोक सहेर, एकै स्थानमा बसेर मोवाइल चलाइरहँदा स्वास्थ्य खराब हुन सक्छ । त्यसैले मोबाइललाई विश्राम दिनुपर्छ । मोबाइललाई विश्रामको साधन बनाउनु हुँदैन ।

ध्यान तथा योगागर्ने

घरमा बसेको बेला योग,ध्यान गरौं । नियमित व्यायामले शरीर चुस्त, तन्दुरुस्त हुन्छ । रक्त संचार सही ढंगले हुन्छ । व्यायामलाई दिनचर्याकै एक हिस्सा बनाउन सके धेरै किसिमको रोगले संक्रमण गर्दैन । किनभने नियमित व्यायामले शरीर स्वस्थ्य हुन्छ । शरीर स्वस्थ्यभएमा रोग प्रतिरोधात्मक क्षमता बृद्धि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com