ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो


एबीसी / संवाददाता
७ असार २०७८, सोमबार   १० : ४०   बजे

सिन्ह्वा, ७ असार । ब्राजिलमा कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या पाँच लाख नाघेको छ । यहाँँ गत २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट एक हजारभन्दा बढीको ज्यान गएको स्वास्थ्य अधिकारीहरुले दिएका छन् । उक्त समयमा कोरोना भाइरस सङ्क्रमणबाट १ हजार २५ जनाको निधन भएको हो ।

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण शुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ । यहाँ सन् २०२० फेब्रुअरी २६ बाट शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हालसम्म अर्थात सन् २०२१ जुन २० सम्म पाँच लाख १ हजार ८२५ जना पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार जानकारी दिएको विभिन्न अन्तर्राष्ट्रिय संञ्चार माध्यमले जनाएको छ ।

हिजो आइतबार ब्राजिलका सञ्चार माध्यमहरुले पनि ब्राजिलमा कोरोनाको संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ५ लाख नाघेको जानकारी दिएको थियो । गत २४ घण्टामा ब्राजिलमा ४४ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिएको छ ।

यो संख्यासँगै ब्रालिजमा कूल सङ्क्रमितको संख्या करिब १ करोड ८० लाख पुगेको पनि यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जनाएका छन् ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा यहाँ पछिल्लो समयमा मृत्यु हुनेहरुको संख्या केही घटिरहेको भए पनि उल्लेख्य मात्रामा भने घट्न सकेको छैन ।

यहाँ कोरोनाको नयाँ प्रजातिको भाइरसको देखिएपछि पछिल्ला केही महिनामा सङ्क्रमितहरु झन् बढ्न थालेका छन् । ब्राजिलको साओ पाओलो शहर शुरुदेखि नै यो सक्रङ्मणको एक किसीमले केन्द्रबिन्दुको रुपमा रहेको पनि पाइएको छ ।

ब्राजिल कोरोना भाइरस सङ्क्रमणको कारण संयुक्त राज्य अमेरिकापछि सबैभन्दा बढी नागरिकको ज्यान जाने देशको रुपमा परेको छ । यहाँका ८ करोड भन्दा बढी मानिसले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना, काठमाडौँमा दिउँसोपछि पानी पर्न सक्ने

प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बस्दै

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu