ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी पहिरोको क्षतिको अवस्था बुझ्न प्रधानमन्त्री आज सिन्धुपाल्चोक जादै


एबीसी / संवाददाता
२६ असार २०७८, शनिबार   ७ : ५०   बजे

काठमाडौं, २६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीले क्षति भएको मेलम्ची खानेपानी आयोजना लगायत सिन्धुपाल्चोकका विभिन्न बस्तीको आज निरीक्षण गर्ने हुनुभएको छ ।नेकपा एमाले केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यलय सचिव शेरबहादुर तामाङका अनुसार आज बिहान साढे १० बजे हेलिकप्टर मार्फत प्रधानमन्त्री सिन्धुपाल्चोक जाने कार्यक्रम रहेको बताउनुभयो । प्रधानमन्त्रीले क्षतिग्रस्त मेलम्ची आयोजना, हेलम्बु पहिरो प्रभावित क्षेत्र लगायतका विभिन्न स्थानको हवाइ निरीक्षण गर्नुहुनेछ ।

हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा जनप्रतिनिधि, दलका नेताहरु, बाढी पहिरो पीडितसँग प्रधानमन्त्रीले केहीबेर अन्तर्क्रिया गर्ने कार्यक्रम समेत रहेको केन्द्रीय सदस्य एवं पार्टी केन्द्रीय कार्यलय सचिव तामाङले बताउनुभयो।

अन्तर्क्रियापछि मेलम्ची बजारमा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनुहुनेछ । त्यहाँ प्रमुख जिल्ला अधिकारीले सिन्धुपाल्चोकमा भएको क्षतिको विवरण प्रधानमन्त्रीलाई जानकारी गराउनुहुनेछ । त्यसैगरी मेलम्ची खानेपानी आयोजनाका प्रमुखले मेलम्चीको अवस्था जानकारी गराउने कार्यक्रम छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार मेलम्ची बजारका बाढीपिडितहरुसँग प्रधानमन्त्रीले केहीबेर अन्तर्क्रिया गर्ने कार्यक्रम छ । सचिवालयले दिएको जानकारी अनुसार बाढी पिडित र भौतिक क्षतिको अवस्था बुझेपछि प्रधानमन्त्रीले राहतको र पुनर्निर्माणका प्याकेज घोषणा गर्ने तयारी छ ।असार एक गते आएको बाढी र पहिरोमा परेर सिन्धुपाल्चोकमा ४ जनाको शव भेटिएको छ भने करिब २५ जना बेपत्ता छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu