ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा प्रमुख र राजधानी तोक्ने थाल्यो सरकार


sharan sharan
१६ पुस २०७४, आइतबार   ८ : ०१   बजे

काठमाडौं,१६पुस । सरकारले प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र (राजधानी) तोक्ने निर्णय यही साता गर्ने तयारी थालेको छ । प्रमुख र केन्द्रको टुंगो नलागेसम्म राष्ट्रिय सभा निर्वाचन नै प्रभावित हुने भएपछि छिटो भन्दा यसलाई टुंग्याउने काम अघि बढाएको हो ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी जानकारी दिएकाका छन् ।
स्रोतका अनुसार केही दिनभित्रै प्रदेश प्रमुखको नियुक्ति र अस्थायी केन्द्रको निर्णय हुनेछ । ‘राष्ट्रिय सभा अध्यादेशको गाँठो फुकेसँगै अरू प्रक्रिया अगाडि बढेको छ,’ स्रोतले भन्यो, ‘प्रदेश प्रमुख सम्बन्धमा प्रधानमन्त्रीले आन्तरिक छलफल सुरु गरिसक्नुभएको छ, सम्भवत२÷३ दिनमै निर्णय हुनेछ ।’

प्रदेशसभाको अन्तिम चुनावी परिणाम प्रदेश प्रमुखसमक्ष बुझाउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसैले प्रदेशसभाको चुनावी परिणामले आधिकारिकता नपाएसम्म राष्ट्रिय सभाको अन्तिम मतदाता संख्याको पनि टुंगो लाग्दैन । यो कानुनी बाध्यता बुझेर नै प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रदेश प्रमुख नियुक्तिको प्रक्रिया चाँडो थाल्न आग्रह गरेका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचनको अध्यादेश प्रमाणीकरण गरेसँगै केन्द्र र प्रदेश सरकार गठन प्रक्रियाको गाँठो फुकेको हो । संविधानअनुसार प्रदेशको कार्यकारिणी अधिकार प्रदेश मन्त्रिपरिषद्मा रहन्छ भने प्रत्येक प्रदेशमा संघीय सरकारको प्रतिनिधिका रूपमा प्रदेश प्रमुख रहनेछन् । प्रदेश प्रमुखको नियुक्ति केन्द्रीय सरकारको नेतृत्वमा राष्ट्रपतिबाट हुने व्यवस्था छ । त्यसैगरी प्रदेशसभा सञ्चालनका लागि समेत तत्काल प्रदेश प्रमुख नियुक्त गर्नुपर्ने बाध्यता छ ।

प्रदेशसभाको सञ्चालनअघि ज्येष्ठ सदस्यदेखि सभामुख, उपसभामुख तथा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखले नै शपथ गराउने कानुनी व्यवस्था छ । स्रोतका अनुसार विद्यमान कानुनी व्यवस्था र आयोगको आग्रहबीच सरकारले यही साता प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेको हो । ‘प्रदेश प्रमुख उच्च मर्यादित पद भएकाले सामाजिक रूपमा उच्च छवि भएका व्यक्तिलाई नै नियुक्त गर्ने तयारी भइरहेको छ,’ स्रोतले भन्यो, ‘विभिन्न नाममाथि छलफल भइरहेको छ र यही साता टुंगो लाग्नेछ ।’

प्रदेश प्रमुखको चयनसँगै उनको कार्यालय र निवास अनिवार्य भएकाले प्रदेशका अस्थायी केन्द्र पनि एकैपटक तोक्ने सरकारको तयारी छ । तर, अस्थायी केन्द्रसम्बन्धी निर्णय लिन त्यति सहज भने छैन । किनकि प्रदेश ४ बाहेक सबै प्रदेशमा अस्थायी केन्द्रका विषयमा विवाद छ । आ–आफ्नो भेगअनुकूल हुने गरी स्थानीयस्तरबाट प्रदेश केन्द्रका लागि ‘लबिइङ’ चर्किंदै गएको छ । अस्थायी केन्द्र यकिन नभएका कारण प्रदेश प्रमुख, प्रदेशका मुख्यमन्त्री, प्रदेशसभाका लागि आवश्यक पर्ने पूर्वाधारहरूको तयारीमा समेत ढिला हुन गएको छ ।

‘प्रदेश केन्द्र नतोकिएका कारण पूर्वाधार निर्माणका काम नै अगाडि बढाउन सकिएको छैन, त्यसैले तत्काल निर्णय लिनुपर्ने खाँचो छ,’ सहरी विकास मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘केन्द्रको निर्णय नहुँदा आवश्यक संरचना निर्माण या खोज्ने कामलाई गति दिन सकिएको छैन ।’ प्रदेश प्रमुखलाई पदमुक्त गर्नेसम्बन्धी कानुनी व्यवस्थाका कारण पनि सरकारले नियुक्तिमा हतारो नगरेको स्रोतले बतायो । वर्तमान सरकारको सिफारिसमा राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गरे पनि नयाँ बन्ने सरकारले हटाउन चाहे तत्काल राष्ट्रपतिसमक्ष सिफारिस गर्न सक्छ । र, राष्ट्रपतिले पदमुक्त गरेमा त्यसविरुद्ध अदालत जाने कानुनी आधारसमेत हुँदैन । संविधानमा भएको यही व्यवस्थाका कारण पनि सरकारले प्रदेश प्रमुखहरूका नाममा राजनीतिक सहमति खोजिरहेको प्रधानमन्त्री निकट स्रोतको दाबी छ ।

सरकारले २१ वैशाखमा तत्कालीन सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको संयोजकत्वमा संघीय प्रशासनिक पुनस्संरचना समिति गठन गरेको थियो । समितिले विभिन्न विकल्पसहितका प्रदेशका अस्थायी केन्द्रहरूसमेत सुझाएको थियो । जसअनुसार प्रदेश १ को विराटनगर, धनकुटा वा इटहरी, २ को जनकपुर, ३ को बनेपा, धुलिखेल, काठमाडौं वा हेटौंडा, ४ को पोखरा, ५ को दाङ वा बुटवल, ६ को सुर्खेत र प्रदेश ७ को दिपायल वा धनगढीलाई अस्थायी राजधानी प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

Deepening Industry–Education Integration and Cultivating Youth Talent

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu