ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाललाई भेटेर फर्किए घनश्याम : सर्वोच्चको फैसलाअघि कुनै सम्झौता नहुने


एबीसी / संवाददाता
२७ असार २०७८, आइतबार   ६ : ००   बजे

काठमाडौँ, २७ असार ।  बिहान ८ बजे सहमतिमा हस्ताक्षर गर्न भनेर सिंहदरवार पुगेका नेकपा एमाले वार्ता टोलीका सदस्यहरू ८ घण्टाभन्दा बढी समयदेखि वार्तामै छन् । शनिबार साँझ नै सहमतिलाई अन्तिम रुप दिइएको बैठकपछि सुवास नेम्वाङ, गोकर्ण विष्ट र भीम रावलले बताउनुभएको थियो । तर, आइतबार विहान ८ बजे संस्थापन पक्षका वार्ता टोली सदस्यहरू सिंहदरवार पुगे पनि माधव नेपाल पक्षधर वार्ता टोली कोटेश्वरमा गएको थियो । वरिष्ठ नेता नेपालले अदालतको फैसलालाई प्रभावित पार्ने भाषा प्रयोग भएको भन्दै मस्यौदामा असहमति राख्नुभएको थियो ।नेपालले पावर शेयरिङमा सहमति नभएसम्म ओलीलाई विश्वास गर्न नसकिने आफूनिकट नेताहरुलाई बताउनुभएको थियो । त्यसपछि वार्तामा ट्वीस्ट आएको नेताहरुले बताएका छन् । विशेषगरि माधव पक्षधर वार्ता टोली सदस्य घनश्याम भुसाल र रघुजी पन्तले अडान लिएपछि सहमतिमा हस्ताक्षर हुन नसकेको एक स्रोतले बतायो ।वार्ता टोली दिनभर अर्थमन्त्रालयमा रहे पनि सहमतिमा हस्ताक्षर हुन नसकेपछि भुसाल अपरान्ह पुनः माधव नेपाललाई भेट्न कोटेश्वर जानुभएको थियो । नेपालसँग छलफल गरेर उहाँ पुनः वार्तास्थलमा फर्किनु्भएको थियो।वरिष्ठ नेता नेपालले आज आफूनिकट केही केन्द्रीय सदस्यहरुसँग समेत छलफल जारी राखेका छन् सर्वोच्च अदालतको फैसलाअघि कुनै सम्झौता नहुने बताएका नेपालनिकट एक स्रोतले बतायो । उता बालुवाटारमा भने सम्झौतामा हस्ताक्षर भएलगत्तै स्थायी कमिटी बैठक बस्ने भनेर सबै सदस्यलाई खबर गरिएको थियो । बिहान ८ बजे हस्ताक्षर हुने र ११ बजे माधव पक्षसहितको स्थायी कमिटी बैठक बसेर सहमति अनुमोदन गर्ने भनिए पनि साँझसम्म सहमति नभएपछि सदस्यहरु कुरेको कुरै भएका छन् । सहमतिमा हस्ताक्षर नभए पनि स्थायी कमिटी बैठक बस्ने तयारी छ । अपरान्ह ४ बजे सारिएको बैठक अहिलेसम्म वार्ता टोलीलाई पर्खेर रोकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu