ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘माधव नेपाल नेतृत्वको टिम हामीसँगै रहन्छ भन्नेमा विश्वस्त छु’ : अध्यक्ष प्रचण्ड


एबीसी / संवाददाता
२८ असार २०७८, सोमबार   ३ : २०   बजे

 अध्यक्ष प्रचण्डसँगको अन्तर्वार्ता 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने फैसला गरेको छ। यो पुनर्स्थापनालाई कसरी हेर्नु भएको छ ?

संविधानवाद र संविधानको लोकतन्त्र, राष्ट्रियता र आम नेपाली जनताको जितको रूपमा मैले यसलाई हेरेको छु। निकै अप्ठेरो परिस्थितिबाट देश गुज्रिएको थियो। आज सर्वोच्चले जो फैसला गरेको छ, त्यसले संविधान, राष्ट्रियता, लोकतन्त्र र जनताको हितको पक्षमा सही निर्णय गरेको छ। अदालत फैसलालाई म स्वागत गर्छु। संवैधानिक इजलास, न्यायाधीश, प्रधानन्यायाधीशसहित सबैलाई धन्यवाद र बधाई दिन चाहन्छु।’

तपाईंहरूको गठबन्धनले अब सरकार बनाउँछरु गठबन्धनको सरकार बन्छ कि तपाईंहरू के गर्नुहुन्छ ?

अब हामी गठबन्धन बनाएर नै हामीले तीन वटा मूलभुत कुरा भनेका थियौं( संविधानवादको रक्षा, लोकतन्त्रको मूल्य मान्यताको रक्षा र राष्ट्रियताको रक्षा त्यही भनेर अगाडि बढेका थियौं। र एकमतले नै अगाडि गएको हुनाले यसैका लागि हामीले गठबन्धन बनाएर अगाडि बढेका थियौं। अब पनि गठबन्धनकै सरकार बन्छ र सरकारमात्र होइन अलि परसम्म नै यो गठबन्धनमार्फत् राष्ट्र र जनताको हितमा समर्पित भएर लाग्ने हाम्रो प्रतिवद्धता छ।’

चुनाव जहिले हुन्छ (६ महिना, एक वर्ष डेढ वर्ष)  त्यसमा पनि तपाईंहरू सँगै जाने भन्नुभएको हो ?

हजुर, अब चुनावमा र जनताको विकास निर्णयमा समृद्धिको यात्रा लोकतन्त्रको सुद्धृढीकरण सबैमा हामीले अलिक लामैं राणनीतिक सोच बनाएर नै यो गठबन्धन बनाएका हौं। हामी परेसम्म जान्छौं।

तपाईंहरू गठबन्धन बनाउँदा एमालेको एक तप्का माधव नेपालको समूह थियो, त्यो अहिले पनि छ। एमालेभित्र कार्यदलले हिजो १० बुँदे तयार गरेको छ। तपाईंले हिजोमात्रै माधव नेपालसँग भेट्नुभएको थियो। उहाँको सहभागिता के हुन्छ अब यो गठबन्धनमा ?

अब मलाई लाग्छ। अहिले हामी माधवजीसमेत ५ दलको बैठक बस्ने निर्णय गरिसकेका छौं। बैठक बसेर गठबन्धनलाई नै सुद्धृढ गरेर लैजाने कोशिशमा हुन्छौं। हिजो उहाँहरूले राति उहाँहरूले जे गर्नुभएको थियो, रातारात जुन नाटकीय ढंगले त्यो गलत थियो भनेर माधवजीले नै भनिसक्नु भएको छ।

मलाई विश्वास छ। अब पुरै एमाले माधव नेपालकैं नेतृत्वमा आउने स्थिति बन्यो भने धेरै राम्रो हुन्छ। त्यस्तो बन्यो भने गठबन्धन राम्ररी जान्छ। यदि त्यस्तो भएन भने पनि हामीलाई विश्वास छ माधवजीको नेतृत्ववाला जुन टिम छ त्यो टिम चै गठबन्धलाईलाई जोगाएरै लाने हुन्छ। हाम्रो कोशिस पनि उहाँलाई सहयोग गर्ने नै हुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group