ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री चयनका लागि देउवा परामर्शमा : सकेसम्म आजै अर्थ र स्वास्थ्यमन्त्री नियुक्तिको तयारी


एबीसी / संवाददाता
२९ असार २०७८, मंगलबार   ११ : ४३   बजे

काठमाडौं, २९ असार । सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकारमा पहिलो चरणमा सहभागी मन्त्री छनौटका लागि नेपाली कांग्रेसका नेताहरु छलफलमा व्यस्त छन् । मंगलबार प्रधानमन्त्रीमा देउवाको सपथसँगै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारी छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरुसँग देउवाले परामर्श गरेका हुन् । आज बिहानै महामन्त्री डा। शशांक कोइराला, नेता डा. मिनेन्द्र रिजाललगायतका नेताहरु पनि देउवासँग छलफल गर्न बुढानीलकण्ठ पुगेका थिए । देउवा निवासमा बिहानैदेखि कांग्रेस नेताहरुको भीड छ । कांग्रेसका तर्फबाट पहिलो चरणमा दुईजना मन्त्री पठाउने तयारी भए पनि नामको टुंगो लागिसकेको छैन । ‘कसलाई मन्त्री बनाउने भन्नेमा छलफल भइरहेको छ, तर नाममा टुंगो लागिसकेको छैन,’ बुढानीलकण्ठ स्रोतले भन्यो, ‘सकेसम्म आज अर्थ र स्वास्थ्यमन्त्रीको सपथ गराउने तयारी हो ।’ देउवा निवासमा बुढानीलकण्ठमा भेला भएका संस्थापन पक्षका नेताहरुले मन्त्री छनोटमा सतर्कता अपनाउन सुझाव दिएका छन् । स्रोतका अनुसार आज नै संस्थापन पक्षबाट बालकृष्ण खाँणलाई मन्त्री नियुक्त गर्ने सम्भावना छ । आगामी १४ औं महाधिवेशनलाई हेरेर देउवाले अन्य नेतालाई पनि मन्त्री बनाउने सम्भावना छ । कांग्रेस नेताहरुले स्वास्थ्य मन्त्रीमा गगन थापालाई दोहोर्याउन सुझाव दिएका छन् । कोरोना महामारीको समयमा अघिल्लो सरकारको भन्दा देखिने गरी काम गर्नुपर्ने चुनौती र यसअघि स्वास्थ्य मन्त्री भइसकेकाले बुझाइ पनि स्पष्टता रहेको भन्दै कांग्रेस नेताहरुले थापालाई स्वास्थ्यमन्त्री बनाउँदा उपयुक्त हुने सुझाव दिएका थिए । यद्यपि यो सुझावमा देउवाले केही प्रतिक्रिया दिएका छैनन् । कांग्रेस नेताहरुले आजै माओवादी केन्द्र र जसपालाई पनि समेटेर सानो आकारको मन्त्रीमण्डल बनाउन सुुझाव दिएका छन् । सोमबार बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिमण्डल बनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

एक साता स्थगित भएको संसद बैठक आज बस्दै

सम्बन्धित

विश्वकप २०२६ : डीआर कंगोको ऐतिहासिक पुनरागमन, कोलम्बिया समूह विजेता, पोर्चुगल दोस्रो हुँदै अन्तिम ३२ मा

डीआर कंगोको ऐतिहासिक पुनरागमन, उज्बेकिस्तानमाथि ३–१ को जितसँगै अन्तिम ३२ मा; कोलम्बिया र पोर्चुगल गोलरहित बराबरीमा

आज एउटै मञ्चबाट भाषण गर्दै ओली, प्रचण्ड र माधव नेपाल

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने

मोड्रिचको कर्नरमा भ्लासिचको निर्णायक हेडर, घानामाथि २–१ को जितसँगै क्रोएसिया अन्तिम ३२ मा

बेलिङ्घम र केन चम्किए, पानामामाथि २–० को जितसँगै इङ्ग्ल्यान्ड समूह विजेता बन्दै अन्तिम ३२ मा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu