ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा(एमाले) केन्द्रीय कमिटी बैठकमा कस्ले के भने


एबीसी / संवाददाता
४ श्रावण २०७८, सोमबार   ५ : ३१   बजे

काठमाडौं, ४ साउन ।  नेकपा(एमाले)को सोमबार बसेको बेैठकले पार्टीको ह्वीप विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ । प्रवक्ता प्रदिपकुमार ज्ञवालीका अनुसार २४ घण्टा भित्रमा सांसदहरुले दिएको जवाफको आधारमा पार्टीले कारबाही प्रक्रिया अगाडी बढाउनेछ ।

मंगलबार बस्ने केन्द्रीय कमिटी बैठकले फ्लोर क्रस गरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने सांसदहरुलाई सम्भवत्ः कारबाही प्रक्रिया अगाडी बढाउने छ । यस बैठकले लामो समयदेखि विवादमा रहेको पार्टी संस्थापन पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षविचको विवादलाई वारपार गर्नसक्ने आँकलन गरिएको छ । बैठकमा उपस्थित केन्द्रीय कमिटी सदस्यहरुले फ्लोर क्रस गर्ने सांसदहरुलाई पार्टीले कारबाही गर्न ढिलो गर्नु नहुने मत राखेका छन् । बढीभन्दा बढी केन्द्रीय सदस्यहरुले माधव नेपाल पक्षले अक्षम्य राजनीतिक अपराध गरेको भन्दै माफि दिन नसकिने बताएका छन् ।

विभिन्न जिल्लाबाट एमाले केन्द्रीय कमिटी बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले माधवकुमार नेपाल पक्षधरलाई एमालेमा स्वीकार गर्न नसकिने बताएका छन् ।
केन्द्रीय कमिटी सदस्य मना केसीले माधव कुमार नेपाल पक्षले फ्लोर क्रस गर्नुलाई इतिहासले क्षम्य नगर्ने बताउनुभयो । सो समुहले कम्युनिष्ट आन्दोलन प्रति समर्पित सबैको निम्ति घातक निर्णय गरेको बताउनुभयो ।

केन्द्रीय कमिटी सदस्य बद्रीप्रसाद न्यौपानेले एकताका निम्ति गठित कार्यदलले गरेको १० बुँदे सहमतीलाई पार्टीले ग्रहण गरिसकेको भन्दै माधवकुमार नेपाल बाहेकका नेताहरुलाई आत्मालोचनासहित पार्टीमा फर्किदा ठाउँ रहेको बताउनुभयो । यसरी फर्किनेलाई पार्टीमा उचित जिम्मेवारी दिने प्रतिवद्धता ओलीले गरेको उहाँले बताउनुभयो ।

केन्द्रीय कमिटी सदस्य उमा कोईरालाले विपक्षीलाई विश्वासको मत दिएर गद्धारी गरेको बताउनुभयो । सो समुहलाई पार्टीबाट निष्काशन गर्नुपर्ने उहाँले बताउनुभयो । स्पष्टिकरण सोधेर प्रक्रिया पु¥याई पार्टीबाट निष्काशन गरिने उहाँको भनाई छ । आफुहरु जनतामा लोकप्रिय भएको भन्दै उहाँले माधव समुहलाई कारबाही गरेर हटाउँदा संगठन कमजोर नहुने पनि उहाँले जिकिर गर्नुभयो ।
)
केन्द्रीय कमिटी सदस्य कर्णबहादुर थापाले विश्वासको मत दिएर असंसदीय, पार्टी र कम्युनिष्ट आन्दोलन विरोधी गतिविधि गरिएको बताउनुभयो । नेपाल पक्षले जनता र मतदातालाई धोका दिएको भन्दै उहाँहरु आफैले स्वघोषणा गरेर एमाले परित्याग गरेको धारणा राख्नुभयो ।

केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले संसदमा विकृत रुप देखिएको बताउनुभयो । जति छिटो पार्टीलाई एकतावद्ध बनाउन सकिन्छ त्यति छिटो यस्ता विकृत कदम रोकिने भन्दै उहाँले पार्टी एकतामा जोड दिनुभयो । पार्टीको आइतबारको केन्द्रीय कमिटी बैठकले कार्यदलको १० बुँदे सहमतीको स्वामित्व ग्रहण गरेको उहाँको भनाई छ । अब एमालेमा कुनैपनि नेता, कार्यकर्ता प्रणालीभन्दा बाहिर जानु नपर्ने तथा सबैको दायित्व, जिम्मेवारी र अधिकार एमालेमा स्थापित छ भन्ने स्थापित भएको उहाँले उल्लेख गर्नुभयो ।

केन्द्रीय कमिटी सदस्य लिला गिरीले फ्लोर क्रसलाई घातक तथा कालो दिनको रुपमा चित्रण गर्दै यसले मुलुकको संसदीय र प्रजातान्त्रिक व्यवस्थालाई नोक्सान पु¥याएको बताउनुभयो । यसको असर इतिहासमा देखिने उहाँको भनाई छ । पार्टी विरुद्धको जघन्य अपराध भएकाले अपराध गर्नेहरु विरुद्ध कारबाही गरिनुपर्ने उहाँको मत छ ।

केन्द्रीय कमिटी सदस्य मोहन बाँनियाले आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गराउनको लागि राजनीतिक अपराध भएको बताउनुभयो । यसले पार्टीलाई मात्र नभई स्वयं व्यक्तिहरुलाई पनि घाटा हुने उहाँको तर्क छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षसँग पार्टी एकताको सम्भावना नभएको उहाँले स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group