ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अहिले आँपको सिजन छ तर आँप खानेबित्तिकै नखानुहोस यी खानेकुराहरु


एबीसी / संवाददाता
५ श्रावण २०७८, मंगलबार   २ : २३   बजे

 

काठमान्डौ ५ साउन

आँपलाई फलफूलको राजा पनि भनिन्छ। स्वाद र सन्तुष्टि दुबैका दृष्टिकोणले आँपलाई धेरैले मन पराउने गरेका छन्।

आँपलाई फलको रूपमा मात्र नभएर ताजा अचार, संरक्षित अचार, जुस, सेक, सलाद, जाँम आदीको रूपमा पनि खाने गरिएको छ। आँपका पारखीहरूले आँपलाई अनेकौ खानेकुराहरूका साथमा खाने गरेका छन्। यसरी विभिन्न बस्तुहरूसंग आप खादाँ अथवा खाँप खाने वित्तिकै अन्य चीजहरू खाँदा स्वास्थ्यको लागि राम्रो गर्दछ कि गदैन भन्ने कुराको ज्ञान हुन जरूरी छ। नत्र यो संयोगले स्वास्थ्य चौपट्ट बनाउन पनि सक्दछ। यसर्थ आँपसंग एकसाथ खाननहुने यी खानेकुरालाई सबैले बुझ्नआवश्यक छ।

१। करेलाः आँप र करेलालाई एकसाथ खानु वा आप खाएपछि करेलाको तरकारी खानु वा करेलाको तरकारी खाए पश्चात आँपखानु स्वास्थ्यको लागि हानिकारक हुन सक्दछ। आँप खाए पछि वा अघि तीतेकरेलाको सेवन गर्दा वाकवाकी लाग्ने, वान्ता हुने, श्वास फूल्ने र पखाला चल्ने जस्ता लक्षणहरू देखापर्दछन।

२। तातो दुधः तातो दुध खाने वित्तिकै आँप खानु वा आँप खाने बित्तिकै तातो दुध पिउनु हुदैन । प्राकृतिक चिकित्सामा आँपलाई चिसो दुधसंग पनि नखानु भनिएको छ। आँपलाई दुधसंग खाने गर्दा पाँचन क्रियामा समस्या आउने गर्दछ।

३। खुर्सानी आँप खाए लगत्तै खुर्सार्नी वा अन्य पिरो हालीएको खानेकुरा खानु हुँदैन । आँप र खुर्सानीको सेवनले एकसाथ वा लगत्तै सेवनले पेट र छालाको समस्या निम्त्याउदछ भने वाकवाकी लाग्ने, पखाला चल्ने समेत हुने गर्दछ।

४। दहीः हुनत धेरैले आँपलाई दहीसंग पनि खाने गरेका छन् तर दही र आँपलाई एकसाथ खादाँ स्वास्थ्यलाई हानी पुग्दछ। किनकी दही र आँपको प्रकृति मिल्दैन । दही चिसो प्रकृतिको हो भने आँप उष्ण प्रकृतिको खानेकुरा हो । दही र आँपको एकसाथ सेवनले पाँचन समस्या र दीर्घकालमा गएर छाँलाको समस्या निम्त्याउदछ।

५। पानीः आँप खाने बित्तिकै पानी पिउदा आँपको पाचनको लागि आवश्यक ईन्जाईमहरूलाई पानीले निष्तेज बनाई दिनेहुँदा आपको पाँचन ठीकसंग नहुने र बिजातीय द्रव्यको उत्पादन धेरै भएर शरीरमा अनेकौ दोष संञ्चय हुनेहुँदा आँप खाने वित्तिकै पानी पिउनु र पानी पिए लगत्तै आँप खानु हुदैन।

६। कोल्डड्रिङ्कसः आँप र कोल्डड्रिङ्कसको प्रयोगलाई पनि सर्वथा बर्जीत मानिएको छ। आँपसंग कोल्डड्रिङ्कस खाँदा कोल्डड्रिङ्कसले आपलाई पूर्णरूपमा विकृत बनाई दिन्छ पाचनमा समस्या, वाकवाकी, बान्ता पखाला आदि हुन्छ। यसैगरि आँपको पोषक तत्वलाई कोल्डड्रिङ्कसको कार्बनडाई अक्साईडले नष्ट गरिदिने हुँदा एकसाथ वा खाने बित्तिकै खानु हुदैन।

७। तारे भूटेका खानेकुराः आँप र तारे भूटेका खानेकुराहरू पनि एकसाथ खानु हुदैन। किनकी तारेभूटेको खानेकुराहरूमा उच्चमात्रामा कर्बन हुन्छ जसले आँपको पोषक तत्वहरूलाई नष्ट गर्नुका साथै आँपसंग मिलेर विषक्तता पैदा गर्दछ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

प्रस्ट कुराहरूको आविष्कार किन ढिलो भयो ?

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group