ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रमजीवी पत्रकारका लागि विशेष राहत प्याकेज कार्यान्वयन गर्न आग्रह


एबीसी / संवाददाता
२१ श्रावण २०७८, बिहिबार   ५ : २६   बजे

काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले कोरोना सङ्क्रमणबाट प्रभावित श्रमजीवी पत्रकारका लागि विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयनमा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

समितिका अध्यक्ष राजेन्द्र अर्यालको अध्यक्षतामा आज बसेको बोर्ड बैठकले कोरोना कहरबीच कतिपय सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकारलाई पारिश्रमिक तथा सेवासुविधा उपलब्ध नगराएको, अपायकपर्ने स्थानमा सरुवा गरेको र कतिपयलाई सेवाबाट हटाएको कार्यप्रति गम्भीर चासो व्यक्त गरेको छ । पत्रकारले आर्थिक समस्याका साथै मानसिक यातनाको सामना गर्नुपर्ने भएकाले यस्ता कार्य तत्काल रोक्न सम्बद्ध पक्षलाई बैठकले आग्रह गरेको समितिका अध्यक्ष अर्याललले बताउनुभयो । बैठकले त्यस्ता कार्य तत्काल रोकी सहज ढङ्गले काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित सञ्चार प्रतिष्ठानलाई ध्यानाकर्षण गराउने र यस्ता कार्य नरोके राज्यले प्रदान गर्ने सेवा सुविधा रोक्न सरकारसमक्ष सिफारिस गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी कोरोना सङ्क्रमित श्रमजीवी पत्रकारलाई तत्काल राहात प्याकेज उपलब्ध गराउन सरकारसमक्ष माग गर्दै चालू आर्थिक वर्षमा कोरोना सङ्क्रमित श्रमजीवी पत्रकारलाई उपचार खर्च उपलब्ध गराउने, कोरोना सङ्क्रमणका कारण विस्थापित र रोजागारी गुमाएका श्रमजीवी, पत्रकारलाई राहतस्वरुप लेखनवृति उपलब्ध गराउने तथा कल्याणकारी कोष कार्यान्वयन तत्काल गराउन सरकारको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको छ । बैठकले श्रमजीवी पत्रकारको क्षमता अभिवृद्धिका लागि आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन र सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले श्रमजीवी पत्रकार सम्बन्धी ऐन बनेको २५ वर्ष हुँदा पनि ऐनको पूर्णरुपमा कार्यान्वयन नभएकाले सरकार, सञ्चार प्रतिष्ठान र सरोकारवाला निकाय सबैलाई अपिल गरेको छ । ऐनको कार्यान्वयनको अवस्था निकै कमजोर रहेको निष्कर्ष निकालेको बैठकले अहिले पनि देशभर नियुक्तिपत्र बिना श्रमजीवी पत्रकारलाई काम गर्न परिरहेकाले सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने, न्यून पारिश्रमिकमा काम गर्न परिरहेको र समयमा पारिश्रमिक नपाइरहेको जस्ता गुनासा तथा उजूरी समितिमा आइरहनु चिन्ताको विषय भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group