ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ असार २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

  बाढी प्रभावित परिवारलाई रु दुई लाख


एबीसी / संवाददाता
१ भदौ २०७८, मंगलबार   १ : ४५   बजे
 मनाङ, १  भदौ
गण्डकी प्रदेश सरकारले मनाङका बाढी प्रभावितलाई प्रतिपरिवार रु दुई लाख प्रदान गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार स्थलगत निरीक्षण गर्दै आवास  निर्माणका लागि प्रतिपरिवार रु दुई लाख उपलब्ध गराउने जानकारी दिनुभयो ।
उहाँले बेँसीसहर–चामे सडक खुलाउन सङ्घीय सरकारले काम थालिसकेको र ताल गाउँसम्म गाडी चल्न थालेको बताउनुभयो । सङ्घीय सरकारले जिल्लालाई विपद् सङ्कटग्रस्त घोषणा गरिसकेको छ । मुख्यमन्त्री पोखरेलले भन्नुभयो “जिल्लामा विभिन्न बस्तीको पुनर्निर्माणका लागि सङ्घीय सरकारसँग समन्वय भइरहेको छ ।  ”
सदरमुकाम चामेमा बाढीकै कारण विद्युत् सेवा अवरुद्ध भएपछि प्रदेश सरकारले सबै सरकारी कार्यालयहरुमा सोलार जडान गरिदिएको छ ।
जिल्लामा यस वर्षका वर्षामा ८५ घर पूर्ण क्षतिको विवरण सङ्कलन भएको छ । खासगरी नासों गाउँपालिका–१ मा सबैभन्दा बढी घरमा क्षति पुगेको गाउँपालिका अध्यक्ष चन्द्र घलेले बताउनुभयो । उहाँका अनुसार नासोंमा मात्रै ७० घरमा क्षति पुगेको छ । धारापानीका १२ घरमा क्षति पुगेको उहाँले बताउनुभयो ।
सो अवसरमा अर्थमन्त्री रामजीप्रसाद बरालले बाढीपहिरा प्रभावितहरुको पहिचान गरी तत्काल र दीर्घकालीन रुपमा समस्या समाधानका लागि सरकार कटिबद्ध भएको बताउनुभयो । गाउँपालिकाको अधिकांश बस्ती बगरका रुपमा परिणत भएकाले अस्थायी बसोबासका साथै प्रभावितहरुलाई खान, बस्न प्रबन्ध भइरहेको र प्रदेश सरकारले कमी हुन नदिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।
अझै पनि मस्र्याङ्दी नदीमा पानीको बहाव कम नहुँदा आसपासका बासिन्दा त्रासमा छन् । नासाेंका धारापानी, थोंचे, दानाक्यु, ताचै, तिल्चे, ताल गाउँलगायत मनाङमा गत असार १ गते परेको अविरल वर्षाले मस्र्याङ्दी नदी र दूध खोलामा आएको बाढीका कारण गाउँका नौवटै वडा प्रभावित भएको अध्यक्ष घलेले जानकारी दिनुभयो । बाढीले स्थानीयवासीको घरबास नै डुबाउनाका साथै खेतीयोग्य जमिनसमेत बगाएको छ ।
मूल सडक, मोटरेबल पुल र झोलुङ्गे पुल बगाएको छ । सडक सञ्जालका साथै सञ्चार र बिजुलीसमेत नहुँदा अन्धकारमा बस्न बाध्य भएको स्थानीयवासीको दुःखेसो छ । भ्रमणमा मुख्यमन्त्री पोखरेल ,अर्थमन्त्री बराल, कांग्रेसका प्रदेशसभा सदस्य चिन्तबहादुर घले,  नेकपा (माओवादी केन्द्र)का नेता कपिल लामा सहभागी हुनुहुन्थ्यो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संसद् विशेष: नेकपाको रास्वपालाई चेतावनी, सीमा विवाद र एन्फा निलम्बनबारे सांसदहरूको आवाज

कांग्रेसभित्रको शक्ति संघर्ष : ‘एकता’ कि ‘अलग बाटो’ ? मिनेन्द्र रिजालको खुलासा (भिडियोसहित)

सम्बन्धित

मानव अधिकार आयोगसँग ओलीले मागे ‘जेनजी’ आन्दोलनको प्रतिवेदन

महँगोमा मल खरिदको सम्झौता, कृषि सामग्री कम्पनीभित्रै उठ्यो प्रश्न

काठमाडौँमा सामूहिक ‘कुमारी पूजा’ (तस्बिरहरू)

अरनिको राजमार्ग राति बन्द गरिने

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu