ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाग्मतीका प्रदेश प्रमुख प्रसाईं हटाइए, यादव शर्मा सिफारिस


एबीसी / संवाददाता
३ भदौ २०७८, बिहिबार   ६ : २५   बजे

काठमाडौं । सरकारले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषदको विहीवारको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईंलाई हटाउने र सो ठाउँमा यादवचन्द्र शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधव कुमार नेपाल निकट मानिनुहुन्छ । यसैगरी आजकै बैठकले कायम मुकायम प्रधानसेनापति प्रभुराम शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको कानुनमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

वर्तमान प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते समाप्त हुँदैछ । साउन २५ गतेबाटै थापा विदामा बसेपछि साउन २६ गते देखिनै शर्माले कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी पाउनुभएको थियो । जेष्ठता क्रममा रहेका बलाधिकृत रथी शर्मालाई सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘भोटेकोसी बाढीबारे समुचित समीक्षा गरौँ’ : एमाले नेता बादल

अत्याधुनिक उपकरणसहित ४४ सदस्यीय दक्षिण कोरियाली उद्धार टोली नेपाल आइपुग्यो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu