ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएईले खोप लगाएका पर्यटकलाई यात्रा अनुमति दिने


एबीसी / संवाददाता
१३ भदौ २०७८, आइतबार   ३ : ३९   बजे

दुबई । संयुक्त अरब इमिरेट्सले सोमबारदेखि कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने घोषणा गरेको छ । दुबईले ढिलो गरी सञ्चालन हुन लागेको व्यापार प्रदर्शनी २०२० आयोजना गर्नुभन्दा एक महिनाअघि विदेशी पर्यटकका लागि भिसा दिने घोषणा गरेको हो ।

गत हप्तान्तमा २४ घण्टाको अवधिमा कोभिड–१९ सङ्क्रमित दरमा महिनाँैपछि एक हजारभन्दा कम सङ्क्रमित भेटिएको र यो नियन्त्रणको दिशातिर गएको भन्दै यूएईले व्यापारिक तथा पर्यटकीय गतिविधिमार्फत् महामारीका कारण थला परेको अर्थतन्त्रलाई उकास्न कोभिड–१९ नियन्त्रणका लागि लिइएका प्रतिबन्धात्मक उपायहरूलाई क्रमशः अन्त्य गर्दै जाने निश्कर्षमा पुगेको यहाँको समाचार संस्था वाम ९डब्लुएएम०ले अधिकारीलाई उद्धृत गरी समाचार लेखेको छ । योग्य व्यक्तिहरूलाई विश्व स्वास्थ्य संगठनद्वारा अनुमोदित एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन, मोडेर्ना, फाइजर, सिनोफार्म र सिनोभ्याक नामक कोभिड–१९ विरूद्धका खोपहरूमध्ये कुनै एक खोपको पूर्ण मात्रा लगाएको हुनुपर्नेछ ।

“यो निर्णय पहिले प्रतिबन्धित देशहरूबाट आएकालगायत सबै देशका नागरिकहरूमा लागू हुने वामले जनाएको छ । यद्यपि “पर्यटक भिसामा आउने यात्रुहरूले विमानस्थलमा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्नेछ । कोभिड महामारीको बीचमा देशको जीवन धेरै हदसम्म सामान्य भएको भए तापनि यसले मास्क लगाउने र सामाजिक भेलासम्बन्धी कडा नियमहरू लागू गरिरहेको छ ।दुबईले गत वर्ष छ महिने ‘दुबई एक्स्पो २०२०’ मार्फत् लाखौं आगन्तुकहरूलाई आकर्षित गर्ने र अर्थव्यवस्थालाई सुदृढ पार्ने योजना ल्याएकोमा स्वास्थ्य संकटले एक वर्ष ढिलो गरी अक्टोबरमा यसको आयोजना गर्न लागेको हो ।

युएईमा हालसम्म सात लाख १५ हजार व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भइसकेको छ भने दुई हजार ३६ सङ्क्रमितको मृत्यु भएको सरकारी तथ्याङ्कमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढी प्रभावित पशुपन्छीको उद्धार र उपचारका लागि २४ घण्टे हटलाइन

आज केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

सम्बन्धित

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

होर्मुजमा इरानले बिछ्याएका सबै बारुदी सुरुङ हटाएको ट्रम्पको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu