ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मध्यपहाडी राजमार्ग सञ्चालनमा


एबीसी / संवाददाता
१३ भदौ २०७८, आइतबार   ५ : ५७   बजे

काठमाडौं । पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचारु भएको छ ।

निरन्तर भइरहेको वर्षाले मोदी गाउँपालिका– ६ बेतनीमा पहिरो झरेर आज बिहानैदेखि रोकिएको सडक केहीबेर अघिदेखि सुचारु भएको हो । पहिरोले रोकिएको सडक सुचारु भएपछि कास्कीको नयाँ पुल र पर्वतको डिमुवामा रोकिएका सवारीसाधान गन्तव्य तर्फ लागेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो । निरन्तर वर्षा भइरहेकाले पहिरोको जोखिम भने कायमै रहेको उहाँले बताउनुभयो ।

यसैबीच निरन्तरको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत खण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । सडक माथिबाट लगातार पहिरो झर्ने क्रम नरोकिएपछि मध्यपहाडी लोकमार्गको यात्रा जोखिमपूर्ण बनेको छ । लोकमार्गको पर्वत–बागलुङ खण्ड र पर्वत–पोखरा खण्डका ठाउँठाउँमा पहिरो खस्ने क्रम नरोकिएको हो । यो खण्डअन्तर्गत पर्वतको नयाँ पुल, सहस्रधारा, अर्मादी, र रिठेखोलामा सडक माथिबाट ढुङ्गा, माटो खस्ने क्रम नरोकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

प्रहरीका अनुसार वर्षा हुने वित्तिकै ढुङ्गा, माटो बग्ने क्रम शुरु हुने भएकाले यो खण्डमा यात्रा गर्न जोखिम रहेको छ । शनिबार दिनभरजसो ठूलाठूला ढुङ्गा खसेपछि सडक एकतर्फी रुपमा मात्र सञ्चालन भएको थियो । वर्षा निरन्तर भइरहेकाले कतिबेला ठूलो पहिरो झरेर जोखिम निम्तिने हो भन्ने खतरा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले पनि उक्त खण्ड अवरुद्ध जस्तै बनेको छ । साना सवारीसाधन मुस्किलले वारपार भए पनि बस तथा मालबाहक ट्रक भने ठप्प रहेको अधिकारीले जानकारी दिनुभयो ।

वर्षा नरोकिएकाले पहिरो पन्छाउन मुस्किल भइरहेको छ । “स्काभेटर लगाएर पन्छाउने वित्तिकै फेरि माथिबाट खसिहाल्छ, झनै जोखिम निम्तिने खतरा बढेको छ”, उहाँले भन्नभुयो,“यता कुश्मादेखि पोखरा जाने खण्डमा पनि ठाउँठाउँमा पहिरो खसिरहेको छ ।” निर्माणाधीन यो सडकमा गत वर्ष ठूला पहिरा गएका थिए । अहिले पनि तीनै ठाउँबाट पहिरा निरन्तर खस्ने क्रम रोकिएको छैन् । यो सडककोस्वरुप कच्ची सडकजस्तै बनेको छ । पर्वतको कुश्मादेखि बागलुङसम्मको १५ किलोमिटर सामान्यता आधा घण्टामा यात्रा गर्न सकिने भए पनि अहिले भने १ देखि डेढघण्टासम्म लाग्ने गरेको सवारीचालकको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group