ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम र जागंरलाइ उमेरले छेक्न सक्दैन: उदाहरण हुन अमलाचौका ७७ बर्षिय उमनाथ


एबीसी / संवाददाता
१३ भदौ २०७८, आइतबार   ६ : ३५   बजे

काठमान्डौ १३ भदौ

गाउँको बीचामा जस्ताको छाना हालेको सानो छाप्रो अनि सडक छेवैमा आरन । परम्परागत शैलीमानै बनाईएको आरन । आगो फुक्नका लागि परम्परागत फलामे मेसिन । उमेरले ७७ कटेका उमानाथ बिक साँझ पर्ने बेलामा थचक्क आरनमा बसे । आरन छेवैमा राखिएको गोल काठको कोईला आरनमा राखेर आगो फुक्न थाले ।

तयारी सुर्तीको प्लाष्टिकमा आगो बालेर गोलको माझमा राखेपछि आगो दन्किन थाल्यो । फलामे आरनको मेसिन उमानाथले निरन्तर चलाए । घ्यारघ्यार गर्दै जति छिटो मेसिन चल्यो हावाको बेगमा आगो हुर्कियो, गोल रातो भयो । एकैछिनमा गोल रातो हुँदै दन्किन थाल्यो । अनि सुरु भयो उमानाथको बुढ्यौलीमा पनि फलाम ठटाउनुपर्ने बाध्यताको पेशा ।

बागलुङ नगरपालिका–१२ अमलाचौरका उमानाथ ७७ बर्षमा पनि आरनमा बसेर फलामका भाँडा बनाउँछन् । हसिया, कोदाली, बन्चरो, फाली, करुवा लगायतका फलामका हतियार बनाउने काम उमानाथले बाल्यकालमा नै सिककेका हुन् । परिवारका सदस्य सबै आ–आफ्नै काममा छन् । हिजो बालीघरे प्रथा रहँदा कयौं घरका हतियारमा धार लगाउने उमानाथ अहिले पनि गतिलो धार लगाउन सिपालु छन् ।
छोराछोरी, बुहारीले देश बिदेशमा बिभिन्न पेशामा लागेर कमाई गर्छन् । चारभाई तीन बहिनीका माउ उनलाई परिवारले आरनमा नबस्न पटक पटक सम्झाए । तर उमानाथ भने परम्परागत पेशामै छन् । ‘जानेको यहीं हो, काम गरे धेरै थोरै खाने बाटो हुन्छ’ मधुरो स्वरमा उमानाथले भने ‘सकेको गर्छु, बैंसमा जस्तो त कहाँ काम गर्न सकिन्छ र इष्टमित्रका लागि पनि काम गर्नुपर्यो ।’

ठुला हतियार बनाउने बेला गाउँमा भएका जवानहरुले सहयोग गर्ने उनले सुनाए । आरनमा बसेर फलामका भाँडामा धार लगाउन नयाँ पुस्ताले जाँगर गदैनन् । सिपको हस्तान्त्रण पनि नभएकाले बुढ्यौलीमा पनि कस्सिनु परेको उनको गुनासो थियो । स–साना हतियार भने सिपको सहारामा उमानाथ एक्लैले बनाउँछन् । पहिले पहिले उमानाथको गाउँमा आरन व्यवसाय नै गरेर गर्जो टार्नेहरु धेरै थिए । पछिल्लो पुस्ता भने अन्य व्यवसायमा समेत लागेकाले गाउँमा आरन कम छन् । ‘सुन पनि बनाउँथे, कान छेड्थेँ अहिले आँखा बसे देख्दिन, आरको काम भने गर्छु’ उमानाथले उत्साहित हुँदै भने ।

‘हाम्रा पाला पढाई लेखाई थिएन, बाउ बाजेले जे जाने त्यहि गरियो’ उनले भने ‘अहिले पनि खाली बस्न मन लाग्दैन् ।’ अहिले हतियारमा धार लगाउँदा धेरैले पैसा दिन्छन् । केही पुराना चिनेजानेकाबाट खाद्यान्न लिने गरेको उमानाथले सु्नाए । परिवारका सदस्यहरुले उनलाई आरन धाउन छोड्नु भन्ने गरेका छन् । हँसिया बनाउँदा प्रतिगोटा ३०, कोदाली प्रतिगोटा ५० र बञ्चरो प्रतिगोटा १ सय रुपैयाँ पारीश्रमिक लिएर उमानाथले हतियारमा धार लगाउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

मित्रराष्ट्रसँगको सम्बन्धमा असर पर्ने फिल्मलाई प्रदर्शन अनुमति नदिने सरकारको निर्णय

तपाईंलाई ८ घण्टा सुत्ने आवश्यकता नहुन सक्छ

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

एप्पलले आफ्नो डिजिटल सहायक ‘सिरी’ को नयाँ एआई-संचालित संस्करण सार्वजनिक गर्‍यो

प्रेमचन्ददेखि टैगोरसम्म: किन भारतीय लेखकहरूले सोभियत मोडल रोजे?

मुगलहरूले हाम्रा लागि के नै गरेका छन् र ? : इकोनोमिष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu