ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एबीसी टेलिभिजन स्थापनाको १४ औं वर्षमा प्रवेश : नया विचार , उत्साहसहित प्रस्तुतिमा नया स्वाद दिन दर्शकमाझ एबीसीको उदय


एबीसी / संवाददाता
१९ भदौ २०७८, शनिबार   ७ : २३   बजे

काठमाडौं, १९ भदौ ।  एबीसी टेलिभिजन स्थापनाको १४ औं वर्षमा प्रवेश गरेको छ । यो समय छोटो होइन । तर, निरन्तर जनताको साथमा जनताकै लागि खर्चिएको १३ वर्षको अवधि निकै छोटो लागेको छ । जब पुरानो कामलाई मात्रै जस दिएर वर्तमानमा चल्न खोजिन्छ, तब छोटो समय पनि लामो लाग्न सक्छ । तर, हामी हिजो होइन, सधैंभर आज भनेर काम गर्दै आएका छौं । यही तौरतरिकामा जनताको माया र रचनात्मक साथले हामीलाई थप सशक्त बनाउँदै लगेको छ । एबीसीको सफलताको दर्विलो कडी नै यही हो ।

मुलुकमा नयां राजनीतिक कोर्षको शुभारम्भ हुदै गर्दा नेपालको टेलिभिजन जगतमा नया“ विचार , उत्साहसहित प्रस्तुतिमा नया“ स्वाद दिन दर्शकमाझ एबीसीको उदय भएको थियो । एबीसी गणतन्त्र नेपालको पहिलो न्यूज च्यानल हो । भूउपग्रह प्रणालीमार्फत प्रशारण सुरु गरेको एबीसीको मूल मन्त्र थियो, एक्युरेसी, व्यालेन्स, क्रेडिविलिटी, अनि अभियान थियो गाउँ, शहर र दुनिया“ ब्यूझाउने, जुन अहिले पनि निरन्तर जारी छ । २४ सै घण्टा समाचार र समाचारमूलक कार्यक्रमहरु प्रशारण निरन्तर छन् ।

परिवर्तनको चेतनालाई स्थिर राजनीतिको माध्यमबाट समृद्ध मुलुक निर्माण गर्न नयां अभिभारा बोकेर नेपाली टेलिभिजन आकाशमा फरक धारमा हिंड्दै आयौ, लाखौ दर्शकको असिम माया साथ र सहयोगबाट । संविधानसभाको पहिलो निर्वाचन लगत्तै दर्शकमाझ उपस्थित भएका हामी जहिल्यै फरक धारमा दौडियौं । अर्को हिसाबले भन्ने हो भने नयां गणतान्त्रिक चेतमा देशलाई अघि बढाउनु पर्छ भन्ने थिममा हामी हिंड्न रुचायौं । राष्ट्र र जनताको परिवर्तनका लागि नेताका बोली टिपेर घन्काउने होइन, राष्ट्रहित र जनहितका एजेण्डा उठाउन सक्नुपर्छ भन्ने सूत्र समातेको थियो एबीसीले । हो, राजनीतिक एजेण्डामा हामी जहिल्यै अग्रपंक्तिमा नै रह्यौं । यसो भनिरंहदा हामीले गर्व महसुस गरिरहेका छौं ।

जनप्रतिनिधिमूलक संस्था संविधानसभाबाट नया“ संविधान जारी भई देश संघीय प्रणलीमा गइसकेको छ । तीनै तहका निर्वाचन सफल बनाउन एबीसी देशभर जनताको आ“गनमा पुग्यो, सिंहदरबारलाई घच्घचायो । मुलुकमा सुशासन सहित समृद्ध लोकतन्त्रको लागि एबीसीले खबरदारी गर्दै आएको छ ।

भीर, कन्दरामा चिप्लिंदै एबीसीको बुम बोकेर हाम्रा रिपोर्टर लिपुलेकसम्म पुगेका छन् । जनजीविकाका सवालमा एबीसीको लोगो कहिल्यै अँध्यारोमा हराएन । हुम्ला, जुम्ला डोल्पाको खाद्य संकटदेखि, राज्यको राहतमा आएका चामलले लोकल ठर्रा बनाइएका दृश्य एबीसीले नै देखायो । धादिंगदेखि जुम्लाका नागरिक गडगडाइरहेको नदीमाथि तुइनमा झुण्डिएर जीवन धान्नु परेको व्यथा पनि सुनायौं हामीले । भूकम्पले ध्वंश गरेको अस्वाभाविक अवस्थामा हामी आफ्नै पीडाका घाउ दबाएर निरन्तर प्रसारण गर्न सफल भयौं । समाचार संकलनको पाटोस“गै पीडितलाई उद्धार र राहत सुविधामा एबीसीले अभियान चलायो । राहत सामाग्री बटुलेर पीडामा सहयोग गर्यो । काठमाडौं र पहाडको भुकम्पमात्रै होइन, तराइको विनाशकारी बाढीको पीडामा सबैभन्दा पहिले ग्राउन्ड जिरोबाट एबीसीले रिपोर्टिंग ग¥यो ।
एबीसी रिपोर्टिङको परिधि स्वदेशको चौघेरामा मात्र सीमित छैन । विश्वकै शीरमा अबस्थित मानसरोवरको ऐतिहासिकता अनि सौन्दर्यदेखि अमेरिकी चुनाबसम्मका विषयवस्तु एबीसीको स्थलगत रिपोटिङमा समेटिएका छन् । राष्ट्रप्रमुखको उच्चस्तरीय भ्रमणदेखि छिमेकी मुलुकका महत्वपूर्ण अवसरमा एबीसी पुग्नेगरेको छ । बिश्वब्यापी महामारी बन्दै गएको कोभिड १९ ले मुलुक आक्रान्त बनाइरहँदा हामी आफ्नो स्वास्थ्यलाई जोखिममा राख्दै आम जनतालाई सुसुचित बनाउने अभियानमा सक्रिय रहेका छौं । त्यसैले हामीले आमजनताको स्वास्थ्य र आधारभुत सवालमा सरकार समक्ष प्रश्न उठाउन दुईपटक कहिल्यै सोचेनौं ।

सत्य, तथ्य र विश्वसनीय काममा कहिल्यै नचुक्ने प्रतिवद्धता व्यक्त गरेका हामी, प्रविधिको प्रयोगस“गै बढीभन्दा बढी दर्शकको पह“ुचमा जाने प्रयास पनि जहिल्यै गरिरह्यौं । सुरु गरेका कामको निरन्तरता र नविन कामको सुरुवात एबीसी मिसन हो । सत्य, तथ्य र विश्वसनीयतामा हामी कहिल्यै चुक्दैनौं र नयाँ प्रयोगमा कहिल्यै पछि हट्दैनौं ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group