ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैंका लागि अग्रिम टिकट बुकिङ असोजको पहिलो साता देखिखुल्ला हुने


एबीसी / संवाददाता
३० भदौ २०७८, बुधबार   ३ : ३३   बजे

काठमाडौं । यसपालिको दसैँ,तिहार तथा छठका लागि हवाई सेवा तर्फको अग्रिम टिकट बुकिङ असोजको पहिलो सातादेखि खुल्ला हुने करिब पक्कापक्की भएको छ । यात्रुको चापका आधारमा भदौदेखि नै अग्रिम टिकटको गृहकार्य गरिरहेको वायुसेवा सञ्चालक संघले असोजको पहिलो सातादेखि नै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने तयारी गरेको हो ।

यद्यपि, सरकारको तर्फबाट भने हालसम्म पनि टिकट बुकिङ खुल्ला गर्ने बारे आधिकारिक धारणा आइसकेको छैन । जसले गर्दा अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सम्बन्धमा आफूहरू रोकिन पुगेको वायुसेवा सञ्चालक संघले जनाएको छ । तर, अबको एक दुई दिनमा नै सो बारे निर्णय हुने र अग्रिम टिकट बुकिङ खुल्ला गरिने संघका प्रवक्ता योगराज कँडेलले बताउनुभयो । दसैँ–तिहारको अग्रिम हवाई टिकट बुकिङको सम्बन्धमा वायुसेवा सञ्चालक संघले आन्तरिक तयारी गरिरहेको छ तर सरकारबाट निर्णय आएको छैन । सम्भवत अबको एक दुई दिनभित्रै यसको निर्णय हुन्छ र हामी टिकट बुकिङ खुल्ला गर्छौ’ कँडेलले भन्नुभयो ।
। त्यसो त भदौ अन्तसम्म पनि वर्षात् नरोकिएका कारण स्थल मार्ग सार्वजनिक यातायात तर्फ ठाउँ ठाउँमा अवरोध आउँदा त्यसको प्रत्यक्ष चाप हवाई सेवामा परेको र अहिले नै सर्वसाधारण यात्रुहरूलाई नियमित उडानकै लागि टिकट पाउन मुस्किल परिरहेको कँडेलको भनाई छ ।

यस्तो समस्या ठूला जहाज चल्ने रुटमा परिरहेको कँडेलको भनाई छ । काठमाडौँ–पोखरा, काठमाडौँ–भैरहवा, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–वीरेन्द्रनगर लगायतका रुटहरूमा यात्रुहरूको उच्च चाप देखिएको उहांले बताउनुभयो । जसले गर्दा यस पटकको दसैँ तिहारमा समेत हवाई यात्रुहरूको उच्च चाप पर्ने देखिएको उहांको भनाई छ । साथै, ट्रङ्क रुट साना, न्यारो बडी जहाज जाने० कर्णाली, लुक्ला, सिमिकोट, रामेछाप लगायतका क्षेत्रमा जाने जहाजमा पनि यस्तै चाप पर्ने देखिएको कँडेलले बताउनुभयो ।

हाल डोमेष्टिक आन्तरिक उडान तर्फ १३ कम्पनीका ४८ उडान मार्फत दैनिक १५० माथिको नियमित उडान हुँदै आएको छ । यसमा थप चार्टर उडानका लागि हेली सेवा समेत सञ्चालनमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

रास्वपाको पदाधिकारीमा को–को भए निर्वाचित ? (मतसहित)

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu