ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फुटाइयो नगरपालिकामा लगाइको ताला


एबीसी / संवाददाता
३ आश्विन २०७८, आइतबार   ३ : ०४   बजे

काठमाडौं । विभिन्न माग गर्दै स्थानीयवासीले सिरहाको कल्याणपुर नगरपालिकामा लगाएको ताला फुटाइएको छ ।नगरपालिकाबाट भएको कामकाज र त्यसमा भएको खर्चको हिसाब पटकपटक माग गर्दै आए पनि सुनुवाइ नभएपछि गत बिहीबार स्थानीयवासीले नगरपालिकामा चौंथो पटक तालाबन्दी गरेका थिए । स्थानीयवासीले नगरपालिकामा लगाएको ताला कार्यवाहक नगरप्रमुख रोहिणीकुमारी यादव र उहाँका श्रीमान् सञ्जीवकुमार यादवले फुटाइदिएको स्थानीयवासी प्रदीप साहले जानकारी दिनुभयो ।

आफूहरुले उठाएका मागको कुनै सम्बोधन नै नगरी जबर्जस्ती ताला फुटाएकाले स्थानीयवासीले कार्यवाहक नगरप्रमुख यादवविरुद्ध केहीबेर नाराबाजीसमेत गरेका थिए । नगरपालिकामा व्यापक अनियमितता भएको र विभिन्न विकास निर्माणका काममा भएको प्रगति र गरिएको लगानीका बारेमा सूचना माग गर्दासमेत सूचना नदिएको स्थानीयवासीको आरोप छ ।

यसअघि पनि पटकपटक स्थानीयवासीले हिसाब सार्वजनिक गर्नुपर्नेलगायत मागसहित तालाबन्दी गरेका थिए । घुस प्रकरणमा सो नगरपालिकाका नगरप्रमुख सूर्यनाथ मण्डल निलम्बनमा परेपछि उपप्रमुख यादवले कार्यवाहक नगरप्रमुखका रुपमा कार्य सम्हाल्दै आउनुभएको छ । कार्यवाहक नगरप्रमुख यादवले स्थानीयवासीले उठाएका माग एक÷दुई दिनभित्रै सम्बोधन गरी समस्या समाधान गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

रास्वपा महाधिवेशनमा मतदान जारी

सम्बन्धित

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group