ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इपिएल : पोखराको शानदार जित, बाहिरियो विराटनगर


एबीसी / संवाददाता
१६ आश्विन २०७८, शनिबार   ७ : ३६   बजे

काठमाडौं ।  विराटनगर वारियर्स चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शनिबार भएको खेलमा पोखरा राइनोजसग ७ विकेटले पराजित हुदै विराटनगर एक खेल अगाबै लिग चरणबाट बाहिरिएको हो । टियु क्रिकेट मैदानमा विराटनगरले दिएको १ सय ७३ रनको लक्ष्य पोखराले १७ ओभर ४ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । पोखराको जितमा असेला गुनारत्नेले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । उनले २४ बल खेल्दा तीन छक्का र चार चौका प्रहार गरे । त्यसैगरी, रिचर्ड लेभीले २६ बलमा ४७ रनको योगदान गरे । उनले तीन छक्का र चार चौका प्रहार गरे । साहन अर्चाचिगेले ४३ रन जोडे ।

कप्तान विनोद भण्डारी १५ रनमा अविजित रहे भने रित गौतम ५ रनमा आउट भए । विराटनगरका प्रतिष जिसी, सिकन्दर राजा र हरी चौहानले समान एक÷एक विकेट हात पारे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन जोडे भने सिकन्दर राजाले २० बलमा २९ रन जोड्दा तीन छक्का र एउटा चौका हिर्काए । सन्दीप रजालीले २८ रनको योगदान गरे । कप्तान करण केसीले ९ बलमा २४ रन बनाउदा तीन छक्का प्रहार गरे । दिलसान मुनाविराले १६, अनिल साहले १२ र चन्द्रपाउल हेमराजले २ रन जोडे ।

पोखराका बिक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र साहन अर्चाचिगेले एक÷एक विकेट हात पारे । यस जितसँगै चार खेलमा २ जित र एक खेलमा अंक बाडेको पोखरा ५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता, लगातार चार खेलमा पराजय भोगेको विराटनगर एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको छ । विराटनगर अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group