ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष ओली भन्छन्– विरोधीहरु म बाँचेकैमा चिन्तित छन् त के गरुँ ?


एबीसी / संवाददाता
१७ आश्विन २०७८, आइतबार   ६ : १२   बजे

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार ढाल्न भूमिका खेल्ने जति विरोधी भएको बताउनुभएको छ । पार्टीको पहिलो विधान महाधिवेशनको समापन सम्बोधनमा आइतबार ओलीले विरोधी को हुन् भन्नेबारे शास्त्र पढ्न आवश्यक नभएको र एमालेस“ग लडिराखेका जति विरोधी भएकोबारे कार्यकर्ताहरूलाई स्पष्ट हुन आग्रह गर्नुभयो । ओलीले पार्टीको विरोधी को हो र को होइन भनेर अल्मलिन जरुरी नभएको पनि बताउनुभयो । कसैले गालामा हान्यो भने सिद्धान्त हेर्न नहुने भन्दै त्यसरी गालामा हान्ने व्यक्ति विरोधी भएको उहा“को भनाइ थियो । एमालेमा बिग्रिएका मान्छेहरू बाहिरिएको ओलीको भनाइ थियो । उहा“ले सप्रिएका जति सबै एमालेमै रहेको पनि बताउनुभयो ।

कतिपय स्थानीय तहमा रहेका नेता र कार्यकर्तालाई भ्रम र अलमलमा पारेर अर्कै पार्टीले लगेको हुन सक्ने भन्दै तिनलाई फिर्ता ल्याउन भूमिका खेल्न ओलीले निर्देशन दिनुभयो । एमाले काम लाग्दैन भनेर केही मान्छेले निर्वाचन आयोगमा नया“ दल दर्ता गरी खोलेको ओलीको भनाइ थियो । विधान महाधिवेशनस्थल र शहरका विभिन्न भागमा अध्यक्ष ओलीका ठुल्ठूला तस्बिर र डमी लगाएर आफूलाई देवत्वकरण गरिएको भनेर आएका आलोचनाकोे जवाफ दिंदै ओलीले विरोधीले एमालेको एकता भा“ड्न त्यस्तो भ्रम फैलाएको दाबी गर्नुभयो । एमालेले कसैलाई कसैलाई देवता नमान्ने र कसैलाई देवत्वकरण नगर्ने तर नेतृत्वका वरिपरि पार्टी र आन्दोलन एकत्रित हुने बताउनुभयो । आफ्ना डमी बनाउने र ठुल्ठूला पोस्टर लगाउने कार्य नेतृत्वको वरिपरि पार्टी र आन्दोलन एकत्रित भएको रूपमा अथ्र्याउ“दै ओलीले पुष्पलालदेखि माओसम्मका उदाहरण दिनुभयो ।

नेपालमा कम्युनिस्ट नेताहरूलाई स्थापित हुन नदिएको ओलीको भनाइ थियो । उहा“ले मदन भण्डारी र पुष्पलाललाई स्थापित हुन नदिएको बताउनुभयो । ओलीले आफ्नो स्वास्थ्यलाई पनि आलोचनास“ग जोड्दै विरोधीहरू आफू बा“चेकोमा नै चिन्तित रहेको बताउनुभयो । आगामी महाधिवेशनबाट अध्यक्षका रूपमा दोहोरिनका लागि ७० वर्षे उमेर सीमामा संशोधन गरिएको भन्ने चर्चाका बीच ओलीले कार्यकर्ताहरूलाई एमालेलाई सुदृढ बनाएर छोड्ने दावी गर्नुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जस्मिन पेन्ट्सद्वारा दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग

भोटेकोसी बाढीपछि नेपाललाई अन्तर्राष्ट्रिय समुदायको सहयोग, भारत–चीनसहित विभिन्न देशबाट राहत

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu