ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्यायधिशले राजीनामा गर्नुपर्छ : एमाले


एबीसी / संवाददाता
२४ आश्विन २०७८, आइतबार   २ : ३४   बजे

काठमाडौं । एमाले नेता तथा राष्ट्रिय सभामा एमालेका प्रमुख ससचेतक खिमलाल भट्टराईले गजेन्द्र हमाल प्रकरणले नेपालको न्यायालय र त्यसको नेतृत्वमाथि गम्भीर प्रश्न उठेकोले प्रधानन्यायधिशले राजीनामा गर्नु पर्ने बताएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन किन परमादेश जारी गरेको रहेछ भन्ने गजेन्द्र हमाललाई मन्त्री बनाएबाट प्रमाणित भएकाले भट्टराईले दावी गरे् । उनले भने यस्तो अवस्थामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्गप्रशस्त गर्नु पर्दछ ।

‘परमादेश किन दिएको रहेछ भन्ने गजेन्द्र हमाल प्रकरणबाट पुष्टि भएको छ । यसले न्यायालयमाथि गम्भीर प्रश्न उठेको छ । यसरी प्रश्न उठेपछि स्वतन्त्र न्यायालयको छवि बचाउने हो भने अब प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिएर मार्ग प्रसस्त गर्नु उपयुक्त हुन्छ’, भट्टराईको भनाइ छ ।

उनले गजेन्द्र हमालले मन्त्रीबाट राजीनामा दिनु नै समस्याको समाधान नहुने पनि बताए । ‘दोष गजेन्द्र हमालको होइन, दोष, प्रधानमन्त्री, सरकार र प्रधानन्यायाधीशको हो । प्रश्न उहाँहरूमाथि उठेको हो । हिजो हामीमाथि आरोप लगाइएको थियो तर आज उहाँहरुको व्यवहारबाटै कस्तो सेटिङ रहेछ भन्ने देखियो’, भट्टराईले भने ।

उनले संसदीय मूल्य मान्यता र स्वतन्त्र न्यायपालिकाको मान्यताविरुद्ध गठबन्धन सरकार र न्यायालय हिँडिरहेको भट्टराईको भनाई छ । ‘यो गजेन्द्र हमालको मात्रै कुरा होइन, यो त अदालत र सरकारको कुरा हो, लोकतन्त्र र संविधानको धज्जी उहाँहरुले उडाउनुभयो’, भट्टराईले भने, ‘बन्नेको भन्दा पनि बनाउनेको गल्ती हो । उहाँले राजीनामा गर्दैमा सब ठीकठाक भयो या हुन्छ भन्ने होइन ।’

नेता भट्टराईले स्वतन्त्र न्यायालयमाथि दाग लगाउने प्रधानन्यायाधीशबारे महाअभियोग लगाउने वा के गर्ने भन्ने विषयमा पार्टीमा छलफल हुने भन्दै अहिले नै त्यसबारे आफुले केही भन्न नसक्ने बताए । ‘त्यसबारे पार्टीभित्र छलफल भइसकेको छैन । छलफल हुनपनि सक्छ । तर यो विषय नैतिकता र मूल्य मान्यतासँग जोडिएको विषय भएकाले प्रधानन्यायाधीशले नै मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ ।’पछिल्लो समय एमाले नेतृत्व प्रधानन्यायधिश राणा र सर्वोच्च अदालतप्रति आक्रोशित हुंदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group