ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र र जनताको हितको पक्षमा काम गर्छौं– नेकपा अध्यक्ष ओली


एबीसी / संवाददाता
७ कार्तिक २०७८, आइतबार   ७ : ००   बजे

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले सबैभन्दा ठूलो पार्टी भएका कारण राष्ट्र हित र जनताको पक्षमा काम गर्ने बताउनुभएको छ ।

आज नेकपा एमाले झापा जिल्ला कमिटीले बिर्तामोडमा आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उहाँले सार्वभौम सत्ता, स्वाधीनता, भौगोलिक अखण्डताको पक्षमा होस् या राष्ट्रिय हित र संवद्र्धन गर्ने काममा पार्टीले कहिले कसैसँग पनि अनैतिक सम्झौता नगर्ने बताउनुभयो । उहाँले देशमा सुशासन कायम गर्ने, विकासको लहर ल्याउने कुरा र समृद्ध नेपाल सुखी नेपाली बनाउने काममा नेकपा एमाले एक ढिक्का भएर लाग्ने बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “राष्ट्रिय हितको संरक्षण र संवद्र्धन गर्ने कुरामा नेकपा एमालेले अनुचित सम्झौता गर्दैन, जहिल्यै नेपाली र राष्ट्रको शिर माथि उठाउने काममा प्रतिबद्ध रहन्छ ।”

उहाँले आजै नेपाली कांग्रेस र माओवादीलगायत विभिन्न पार्टी परित्याग गरी आएका पाँच हजारभन्दा बढी कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । अध्यक्ष ओलीले नेकपा एमालेले छ हजार ७४३ वटा वडाको अधिवेशन शनिबारसम्पन्न गरिसकेको बताउँदै आगामी कात्तिक ९ गते ७५३ पालिकाको अविधेशन एकै दिन पार्टीले गर्न लागेको जानकारी दिनुभयो । उहाँले एमालेले जस्तो विधान महाधिवेशन र देशैभर एकै दिन वडा अधिवेशन अर्को कुनै पनि दलले गर्न नसक्ने जिकिर गर्नुभयोे ।

कार्यक्रममा संविधानसभाका अध्यक्ष तथा पार्टीका संसदीय दलका उपेनता सुभासचन्द्र नेम्वाङले देशभर अन्य पार्टी छाडेर नेकपा एमाले प्रवेश गर्नेको लहर चलेको बताउँदै भन्नुभयो, “अरू पार्टीमा भुइँचालोको परकम्पन गए झैँ भएको छ । एमालेमा सुमधुर सङ्गीतको जस्तो आवाज देशभरबाट उर्लिएर पार्टी प्रवेशको लहर चलेको छ ।”

पार्टीका वरिष्ठ नेता लेखराज भट्टले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउन प्रतिबद्ध रहेको बताउँदै नवप्रवेशीहरुलाई एमाले प्रवेश गरेकामा पछुताउनु नपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामीसहित पाँच परिवारका सदस्य सम्पर्कविहीन

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोसी बाढीपछि पत्रकार टेकराज थामीसहित पाँच परिवारका सदस्य सम्पर्कविहीन

Apple Changes Name of Lake Ontario to ‘Lake America’ in Maps App

IAEA Confirms Syria Built Nuclear Reactor Under Assad

Iran Accuses US of Bombing Wedding Party, Killing Five

Nepal and Japan Mark 70 Years of Diplomatic Relations

HoR Meeting Today to Discuss Bhotekoshi Flood Impact

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu