ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्छ – मुख्यमन्त्री पाण्डे


एबीसी / संवाददाता
१३ कार्तिक २०७८, शनिबार   ४ : ५०   बजे

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकार सञ्चार मैत्री भएर अघि बढ्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको प्रथम प्रादेशिक सम्मेलनको आज सौराहामा उद्घाटन गर्दै उहाँले देशको परिवर्तनमा सञ्चार माध्यम र सञ्चारकर्मीको अतुलनिय योगदान रहेको उल्लेख गर्नुभयो ।

सञ्चार माध्यम र सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा उभिनुपर्ने भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “राजनीतिक आन्दोलन मार्फत परिवर्तनका लागि खेलेको भूमिकाका आधारमा सञ्चारकर्मी राजनीतिक स्थिरताको पक्षमा लाग्नु पर्छ ।” प्रदेश सरकार संविधान, लोकतन्त्र, संसद्, सङ्घीयता र समावेशी लोकतन्त्रको पक्षामा रहेको भन्दै उहाँले यसमा वकालत गर्न सञ्चारकर्मीलाई आग्रह गर्नुभयो । आफ्नो कार्यकालमा कुनै पनि सञ्चार माध्यमलाई पक्षपात नुहुने भन्दै मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “संविधान, सङ्घीयता र लोकतन्त्रको विपक्षमा उभिने सञ्चार माध्यमको पक्षमा म हुने छैन ।” गठबन्धनबाट मुख्यमन्त्री बनेको भन्दै उहाँले एउटा मात्रै पार्टीको भनेर हिँड्न पाउने छुट अहिलेको प्रदेश सरकारलाई नरहेको उल्लेख गर्नुभयो ।

अघिल्लो प्रदेश सरकारले आफ्नै सञ्चार माध्यम खोल्ने नीति ल्याएको भए पनि आफु त्यसको पक्षमा नरहेको मुख्यमन्त्री पाण्डेले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मिडिया राज्यले सञ्चालन गर्न जरुरी छैन । छुट्टयाएको बजेट ठिक ढङ्गले ठिक काममा लगाउँला ।”

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले महासंघ प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले प्रदेश सरकार र स्थानीय पालिकाले सञ्चार नीति बनाउँदा प्रेस माथि नियन्त्रण गर्न खोजेको भन्दै सबै चनाखो भएर लाग्न आग्रह गर्नुभयो । प्रदेश र जिल्ला शाखालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रको हितमा पत्रकार महासंघ सधैँ रहने उल्लेख गर्नुभयो । पत्रकार महासंघ सुद्धिकरणका लागि तयार रहेको भन्दै उहाँले जिल्ला अध्यक्षलाई यस काममा लाग्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा वाग्मती प्रदेशका प्रेस रजिष्टार रेवती सापकोटा, नेपाल पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष रमेश विष्ट, केन्द्रिय सचिव सृजना अर्याल, नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य, पत्रकार महासंघ वाग्मती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, प्रेस सेन्टर नेपालका प्रदेश अध्यक्ष लक्ष्मण खड्का, प्रेस चौतारीका प्रदेश सह–संयोजक शिशिर सिंखडा, नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायणप्रसाद अधिकारीलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो । नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा भएको सो सम्मेलनमा प्रदेशका १० जिल्लाका महासंघका अध्यक्ष, सचिव र कोषाध्यक्षको सहभागिता छ । भेलाले नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशको तीन वर्षे कार्ययोजना बनाउने छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group