ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाल हातमा टोपी लिएर देशभर कुदेको देख्दा माया लाग्छ– अध्यक्ष ओली


एबीसी / संवाददाता
१३ कार्तिक २०७८, शनिबार   ५ : ०९   बजे

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल हातमा टोपी बोकेर देशभर दौडिंदैमा केही फरक नपर्ने बताउनुभएको छ । एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटाएर नया“ पार्टी बनाएका नेपालप्रति कटाक्ष गर्नुभयो । माधव नेपाल अहिले देशभर कुदेको देख्दा माया लाग्छ । किन कुदेका होलान् भन्दै ओलीले नेपाल देश बनाउन होइन, एमाले बिगार्न कुदिरहेको आरोप लगाउनुभयो । ओलीले कम्युनिष्ट पार्टी जन्मिने बित्तिकै राणा शासकहरुले मार्न खोजेको बताउ“दै माधव नेपालले केही गर्न नसक्ने पनि बताउनुभयो ।

माधव नेपालले हातमा टोपी लिएर दौडिंदैमा केही हु“दैन, बुढेसकालमा घरमै बसेर आराम गर्नु नि भन्दै ओलीले फेरि कटाक्ष गर्नुभयो ‘फुटेर गएको चोइटोले एकीकृत नाम राखेको छ समाजवाद जोडेको छ । फुटेर गएको पार्टीको नाम समाजवादी राख्नु भनेको समाजवाद सिध्याउनु हो ।’ ओलीले कोभिड संकटबीच आफ्नो सरकारले तीन वर्षमा अनेक चमत्कारिक काम गरेकाले माधव नेपालको मन भत्भती पोलेको बताउनुभयो । कोभिडका बेला विकास अभियान चलाएको देखेर माधव नेपाललाई औडाहा भएको र त्यही रिसले नेपालले एमालेका दुई चार प्वा“ख काटेर हिंडेको ओलीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रेबान पोखराद्वारा प्रधानमन्त्री राहत कोषमा १२ लाख २७ हजार सहयोग

भोटेकोशी बाढी : चितवनमा भेटिएका ३४८ शवमध्ये ३३५ को व्यवस्थापन

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu