ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेविसंघ


एबीसी / संवाददाता
२५ कार्तिक २०७८, बिहिबार   ३ : २७   बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिको विरोध गरेको छ ।सरकारले आज मध्यरातबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो । पेट्रोल, डिजेल, मट्टितेल, ग्यास,हवाई इन्धनमा मूल्यवृद्धि गरिएको छ । संघका महामन्त्री बलदेव तिमल्सिनाले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि जनविरोधी कार्य भएको विज्ञप्ति मार्फत जनाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्ने उल्लेख गर्दै उक्त मूल्यवृद्धि फिर्ता गर्न सरकारसंग माग गरिएको छ ।

त्यस्तै, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध आन्दोलनको घोषणा गरेको छ । नेकपाका महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा देशव्यापी विरोध प्रदर्शनदेखि नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गर्नुभएको हो । जनताको दैनिक जीवनसंग जोडिएका पेट्रोलियम तथा खाद्यवस्तु जस्ता अत्यावश्यक वस्तुमा सरकारले निरन्तर मूल्यवृद्धि गर्दै आएको भन्दै विप्लव नेतृत्वको नेकपाले मूल्यवृद्धि विरुद्ध सशक्त प्रतिरोध गर्ने जनाएको छ ।

जनभावनाको कदर गर्दै मूल्यवृद्धि खारेज गर्न नेकपाले सरकारसँग अपिल गरेको छ । मूल्य वृद्धिविरुद्ध नेकपाले २६ गते मसाल जुलुस, २७ गते दिउँसो १ देखि २ बजेसम्म देशव्यापी प्रदर्शन, २८ गते बिहान १० देखि ११ बजेसम्म चक्काजाम, २९ गते सिठ्ठी जुलुस र सा“झ मसाल जुलुस निकाल्ने तथा ३० गते नेपाल बन्द गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा बगेका ९ जनाको शव भारतबाट नेपाल ल्याइयो

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu