ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारिता र संसद् लोकतन्त्रको आत्मा –सभामुख सापकोटा


एबीसी / संवाददाता
२६ कार्तिक २०७८, शुक्रबार   ७ : १९   बजे

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले पत्रकारिता र संसद् लोकतन्त्रको आत्मा भएको बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ आयोजित संसदीय प्रभावकारिताका लागि सञ्चारकर्मीको भूमिका विषयक कार्यक्रममा उहाँले लोकतन्त्रको असल अभ्यास गर्न सकियो भने अहिले हाम्रो सबैभन्दा ठूलो उपलब्धि त्यही हुने उल्लेख गर्नुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “लोकतन्त्र भनेको प्रवचन, उपदेश र निर्देशन गर्ने विषय नभई ज्ञानको धारा हो ।” संविधान राम्रो भएपनि असल अभ्यास गर्न नसक्दा अनेकौँ उतार चढाव व्यहोर्नुपरेको उल्लेख गर्दै उहाँले पत्रकारिताको तागत र शक्तिलाई आपूmले गहिरो ढङ्गबाट बुझेको उल्लेख गर्नुभयो । राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहालले राष्ट्रको चौथो अङ्गका रुपमा रहेको पत्रकारिता क्षेत्रले पछि परेको समूदायको आवाजलाई प्राथमिकताकासाथ समेट्न सुझाव दिनुभयो । संसद् संचिवालयका महासचिव डा भारतराज गौतमले कोभिड–१९ का बावजुद संसदीय गतिविधिसम्बन्धी समाचार र सूचना जनतासमक्ष तत्काल पु¥याउन पत्रकारिता जगतले ठूलो सहयोग पु¥याएको बताउनुभयो ।

प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले संसद्का गतिविधि मुलुकभर पु¥याउने र संसदीय निगरानी राख्ने विषयलाई पत्रकारिताको क्षेत्रबाट ठूलो योगदान भएको बताउनुभयो । राष्ट्रियसभा सचिव राजेन्द्र फँुयालले लोकतन्त्रले उत्तरदायी र जवाफदेहीता खोज्ने भएकोले संसदीय गतिविधिलाई जनउत्तरदायी तुल्याउने सवालमा सञ्चार जगतबाट गौरव गर्न लायकको काम भएको बताउनुभयो ।

सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डे र पत्रकार मनोज सत्यालले संसदीय गतिविधि र पत्रकारिता विषयमा प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि सचिवालयका सचिव सुदर्शन खड्का र पत्रकार विनु सुवेदीले टिप्पणी गर्नुभएको थियो । दुईदिने उक्त कार्यक्रममा काठमाडौँबाट प्रकाशित एवम् प्रसारित राष्ट्रिय सञ्चारमाध्याममा संसदीय बिटमा कार्यरत समाचारदाताको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group