ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन्तलाको मूल्य बढ्ने आशमा किसान


एबीसी / संवाददाता
२९ मंसिर २०७८, बुधबार   ५ : ००   बजे

बलेवा । उमेरले ६० कट्नुभएका खगेश्वर सुवेदी दम्पत्तिलाई बारीभरि लटरम्म फलेको सुन्तला स्याहार्न भ्याइनभ्याइ छ । बिक्रीका लागि तयार भएको सुन्तलामा औसा किरा लाग्ने त्रासले सुवेदी दम्पत्ति बगानमा हुन्छन् । जैमिनी नगरपालिका–५ सर्कुवामा रहेको सुन्तला बगान सुवेदी परिवारको मुख्य आयस्रोत हो । झरेको सुन्तला गाड्ने, ओइलिएको पात झार्ने र बिरुवामा रोग लागे नलागेको हेर्ने उहाँहरुको दैनिकी हो । गतवर्ष रु चार लाखमा बिक्री भएको उहाँको बगानका लागि यसवर्ष पनि पोखराका व्यापारीले बैना लगाएका छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका किसानलाई यतिबेला सुन्तला खरिदका लागि आएका व्यापारीसँग मोलमोलाई गर्न भ्याइनभ्याइ छ । सुन्तला बिक्री गर्न किसान हतारमा छन् । समयमै सुन्तला नटिपे नयाँ फूल नलाग्ने र अर्को वर्ष उत्पादनमा कमी आउने किसानलाई चिन्ता छ । सिगानाको सुन्तला खरिद गर्न व्यापारीलाई पनि उत्तिकै हतार छ ।

व्यापारी बगानमै पुगेर मोलमोलाइ गर्न थालेका छन् । पोखरा, चितवनदेखि बागलुङ र म्याग्दीसम्मका व्यापारी सुन्तला खरिद गर्न आउन थालेको सिगानाका किसान अनन्त खड्का बताउनुहुन्छ । “व्यापारी आएका छन्, तर बिक्री सुरु गरेका छैनौँ, पुसको पहिलो साताबाट बिक्री गर्नुपर्ला”, खड्काले भन्नुभयो । गत वर्षभन्दा यसवर्ष सुन्तलाको मूल्य बढ्ने आशामा किसान छन् । जैमिनीका खगेश्वर र सिगानाका अनन्त दुवैले गत वर्षभन्दा यसवर्ष बगान नै खरिद गर्ने व्यापारीलाई रु एक लाख मूल्य बढाएर दिने सोँच बनाउनुभएको छ । सर्कुवामा सुवेदी परिवारको मात्रै ठूलो बगान छ । अरु आसपासका किसानले फुटकर बिक्री गर्छन् भने सिगानामा साना–ठूला गरी ७० बगान छन् । बजारसम्म पु¥याउँदा दोब्बर फाइदा लिन सकिने भएकाले व्यापारी यहाँको सुन्तलाप्रति आकर्षित हुने सुवेदी बताउनुहुन्छ । गतवर्ष बगानमै ठेक्का लिँदा प्रतिकिलो रु ४० देखि ५० सम्ममा सुन्तला बिक्री भएको थियो । यस वर्ष मूल्य बढेर रु ६० देखि ७० पुग्ने आशा किसानमा छ ।

“एक हजार मिटर तल लगाइएको सुन्तलामा रोग लागेको खबर पाएका छौँ, उत्पादन कम हुने भएकाले देशभरिको बजारमा हाम्रो सुन्तलाको मूल्य स्वभाविक बढ्छ”, खड्का भन्नुहुन्छ, “गतवर्ष अन्तिम समयमा हामीले रु १००मा एक किलो बिक्री गरेका थियौँ, यसवर्ष सुन्तला राम्रो फले पनि अधिक वर्षाले किरापर्ने र झर्ने समस्या झेल्नुप¥यो ।” डोके व्यापारीले बगानबाट प्रतिकिलो रु ५० मा उठाएको सुन्तला बजारमा रु १०० का दरले बिक्री गर्दै आएका छन् । सुन्तला बिक्रीबाट गतवर्ष झण्डै रु एक करोड सिगानामा भित्रिएको थियो । “बगानबाटै व्यवसायीले सुन्तला उठाउँदा टिप्ने, स्तरीकरण गर्ने र बिक्रीका लागि ढुवानी गर्ने झण्झट कम हुन्छ”, खड्काले भन्नुभयो । रोग किराको प्रकोप जिल्लाभर नै रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ । सुन्तला र कागती जातका फलफूलमा देखिएको रोग नियन्त्रणका लागि शिविर नै सञ्चालन गरेर सुविधा दिइएको ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । उत्पादन लिने बेलामा देखिने समस्या तत्काल समाधान गर्दा किसानले ठूलो क्षति व्यहोर्नुनपर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनमा मतदान जारी

कोलम्बियामा ट्रम्प समर्थित दक्षिणपन्थी करोडपति उम्मेदवारको जित, वामपन्थी इभान सेपेदाले स्वीकारे हार

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group