ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेप्सेमा झिनो अङ्कको गिरावट


एबीसी / संवाददाता
१३ पुस २०७८, मंगलबार   ५ : २४   बजे

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.६६ अङ्कले ओरालो लागेर दुई हजार ५१८.९९ अङ्कमा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९१ अङ्कले ओरालो लागेर ४७०.९८ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर रु तीन अर्ब १२ करोड ५५ लाख ७५ हजार ६३२ मूल्यमा कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा गिरावट आयो भने छ उपसमूहको भने उकालो लाग्यो । बैंकिङ ८.७४, होटल तथा पर्यटन १०.४१, निर्जीवन बीमा ३५.२२, लघुवित्त २६.२८, जीवन बीमा ३९.२५, सामूहिक लगानी कोष ०.०७ र लगानी ०.३७ अङ्कले घटे । यस्तै, व्यापार १६.६९, विकास बैंक ४.८३, जलविद्युत् २४.७८, वित्त १४.७८, उत्पादन १३७.९५ र अन्य ३.२४ अङ्कले उकालो लाग्यो । कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २६ करोड ३९ लाख ४३ हजार ५२७ बराबरको कारोबार भयो । यस्तै, नबिल बैंक रु २५ करोड ३७ लाख ३७ हजार ७२४, नेपाल पुनरबीमा कम्पनी रु १२ करोड ८४ लाख ९१ हजार ९३९, मञ्जुश्री फाइनान्स रु १२ करोड ४५ लाख ६२ हजार ५७० र नेपाल लाइफ इन्स्योरेन्स रु नौ करोड ९० लाख ५९ हजार ८३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार मध्यभोटेकोशी जलविद्युत् कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । नेपाल हाइड्रो डेभलपर ५.३६, जानकी फाइनान्स ४.८५, गुडविल फाइनान्स ४.२८ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ३.९७ प्रतिशतले कमाए । त्यस्तै, गुर्खाज फाइनान्स ९.९९, सामलिङ पावर कम्पनी ६.०४, मैलुङ खोला जलविद्युत् कम्पनी ४.८८, युनाइटेड इदी मर्दी ४.६५ र प्रभु सेलेक्ट फण्डका लगानीकर्ताले ३.७८ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu