ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीलक्षित ‘मोडर्ना’ खोप दिइँदै


एबीसी / संवाददाता

महोत्तरी, २४ माघ । कोभिड–१९ विरुद्धको ‘मोडर्ना’ खोप आजदेखि यहाँका विद्यार्थीलाई लगाउन सुरु गरिएको छ । सङ्घीय सरकारले यही माघ १५ देखि २० सम्म विद्यार्थी लक्षित सो खोप सबै विद्यालयमा लगाउने बताए पनि जिल्लामा भने आजदेखि सुरु गरिएको हो । स्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य प्रशासक भोला यादवले मौसम प्रतिकूल बन्दा खोप कार्यक्रम ढिलो सुरु भएको जानकारी दिनुभयो । जिल्लाका १५ स्थानीयतहमध्ये पाँच नगरपालिका र तीन गाउँपालिकाका विद्यालयमा अध्ययतरत विद्यार्थीलाई खोप लगाइने छ । आज खोप लगाउन थालिएका विद्यालय बलबा, मटिहानी, मनराशिश्वा, लोहारपट्टी र जलेश्वर नगरपालिका एवं एकडारा, पिपरा र महोत्तरी गाउँपालिकाका हुन् । यस पहिलो चरणको विद्यालय केन्द्रित खोप अभियान माघ २८ मा सम्पन्न हुने उहाँले बताउनुभयो । ‘मोडर्ना’ १२ देखि १८ वर्ष उमेर लक्षित कोभिड–१९ विरुद्धको खोप हो ।

दोस्रो चरणमा जिल्लाका सात स्थानीयतहका विद्यालयका विद्यार्थीलाई सो खोप लगाइने छ । आगामी फागुन २ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने यो चरणमा पाँच नगरपालिका र दुई गाउँपालिकाका विद्यालय पर्नेछन् । यसमा भङ्गाहा, औरही, रामगोपालपुर, गौशाला र बर्दिबास नगरपालिका एवं सम्सी र सोनामा गाउँपालिकाभित्रका विद्यालय रहने कार्यालयले जनाएको छ । जिल्लामा ७४ हजार मात्रा खोप आएको निमित्त जनस्वास्थ्य प्रशासक यादवले जानकारी दिनुभयो ।

राहदानी लिएर विदेश जाने तयारीमा रहेका १८ वर्षभन्दा माथिका सबैलाई ‘जोनसोन’ खोप दिइएको कार्यालयले जनाएको छ । यो सेवा स्वास्थ्यचौकी, अस्पताल र यसबाहेक तोकिएका केन्द्रबाट प्रवाह भइरहेको छ । जिल्लाका सबै स्थानीयतहमा विशेष अभियानअन्तर्गत फागुन १० देखि १४ सम्म पाँच दिन खोप लगाउने निर्णय गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा अझै खोप लिनेको सङ्ख्या ५० प्रतिशत नाघेको छैन । खोपलाई प्रभावकारी बनाउन स्वास्थ्य जनशक्तिको समुचित विन्यास, खोपबारे सचेतना बढाउन राजनीतिक दल, सामाजिक सङ्घ संस्था र स्थानीयतहको प्रत्यक्ष पहलकदमी उपलब्धिमूलक हुने मधेश प्रदेश स्वास्थ्य निदेशनालयका निर्देशक विजयकुमार झाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

कोलहवामै विद्यालय खोल्ने सपना

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू

बारा–२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा २ उपनिर्वाचन : सर्वदलीय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com