ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निजगढ विमानस्थल निर्माणको काम रोकिँदैन – मन्त्री आले


एबीसी / संवाददाता
४ फाल्गुन २०७८, बुधबार   २ : २७   बजे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ । आज बाराको निजगढमा रिपोर्टस् क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री आलेले निजगढमा निर्माण गर्ने अन्तर्राष्ट्रिय विमानस्थलको काम अब चाँडै सुरु हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “विमानस्थलको धावनमार्ग बनाउने क्षेत्रमा पर्ने टाङिया क्षेत्रका नागरिकलाई उचित व्यवस्थापन गर्ने र विमानस्थलको काम सुरु गराउनेछौँ ।” निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नका लागि विभिन्न दलका शीर्ष नेता, मन्त्रीसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकसहितका कर्मचारीले अनुगमन गरेकाले विमानस्थल निर्माणको काम चाँडै अगाडि बढाइने पत्रकार सम्मेलनमार्फत उहाँले जानकारी दिनुभयो ।

सोही पत्रकार सम्मेलनमार्फत मन्त्री आलेले निजगढ विमानस्थलको काम सरकारले तोकेको स्थानीय तहको निर्वाचनभन्दा अगाडि नै सुरु हुनेसमेत जिकिर गर्नुभयो । पत्रकारले सोधेका प्रश्नको जवाफमा मन्त्री आलेले भन्नुभयो, “निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि डिपिआर तयार भइसकेको छ, सबैको साथ र सहयोग भए हामी हाम्रो काम चाँडै सुरुआत गर्नेछौँ ।” यसैगरी मन्त्री आलेले सरकारले जिटुजीलगायत अन्य क्षेत्रबाट रकम लिएर भए पनि निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु गर्ने बताउनुभयो । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि पाँच गठबन्धन दलको पनि सहमति भएकाले यहाँ जसरी भए पनि विमानस्थल निर्माणको काम सुरु हुने मन्त्री आलेले विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ पछिको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल निजगढ भएकाले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मासँग निर्माणका लागि चाहिने आवश्यक बजेटका लागि व्यवस्था हुने भन्ने कुरा भइसकेकाले गुरुयोजना तयार भएको र अब चाँडै काम सुरु हुने मन्त्री आलेले बताउनुभयो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि यहाँको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाङियाबस्ती पुनःस्थापना गर्नुपर्ने मुख्य काम रहेकाले यहाँको बस्ती स्थान्तरणको काम चाँडै सम्पन्न गरिनुपर्ने स्थानीयवासीको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group