ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

न्यायलयले अदालतको ढोका खोल्छ र बाहिरको भिँड हेर्छ अनि ढोका बन्द गर्छ तर न्याय दिँदैन् : उपमहासचिव ज्ञवाली (भिडियोसहित)


एबीसी / संवाददाता
८ फाल्गुन २०७८, आइतबार   ६ : १२   बजे

काठमाडौं ८ फागुन । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देशको प्रमुख समस्या न्यायलय भएको बताए । एबीसी टेलिभिजनको आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कँडेलसंग कुरा गर्दे नेता ज्ञावलीले भने, “देशको आजको प्रमुख समस्या भनेको न्यायलय हो, न्यायलयले अदालतको ढोका खोल्छ र बाहिरको भिँड हेर्छ अनि ढोका बन्द गर्छ तर न्याय दिँदैन् ।” उनी भन्छन्, साना देशहरुको अस्तित्व सजिलै समाप्त हुने देखियो । हामीलाई रेस्क्यु गर्नका निमिक्त कोही आउनेवाला छैन्, हामी आफैं आफ्नो खुट्टामा उभिएर अगाडी बढ्ने हो ।

स्वार्थहरु विभिन्न ठाउँमा कन्भर्ज भई मिल्दैन भन्दापनि मिल्ने रहेछन् भन्दै नेता ज्ञवाली भन्छन् “स्वार्थहरु विभिन्न ठाउँमा कन्भर्ज गर्दारहेछन्, शक्ति राष्ट्रहरुका मिल्दैन भन्दा भन्दै उनीहरु कयौं कुराहरुमा स्वाट्टै मिल्दि“दा रहेछन्, हामीले कुनै एउटा पक्षमा लागेर, कुनै एउटा ध्रुवमा लागेर हामी अगाडी बढ्न सक्दैनौं।”

उनी भन्छन् अमेरीकाले निर्माण गर्न खोजेको सोकल्ड डेमोक्रेटिक (कथाकथीत प्रजातन्त्र) वा अरु राष्ट्रले खडा गर्न खोजेको अर्को ध्रुव होस, हामी ध्रुवमा ध्रुविक्रेट हुन सक्दैनौं। अरु देशलाई छाडेर आफ्नो देशको चिन्ता गर्नुपर्ने बताउँदै नेता ज्ञवाली भन्छन्,“सबैकुरामा हेर्दा हामीले हाम्रो देशको चिन्ता गरौं, अरुदेशको चिन्ता गर्ने उनीहरुकै देशमा छन्, चीनलाई अमेरीकाले घेर्छ कि घेर्दैन भन्ने विषयमा चिन्ता गर्न चीनमै काफी छन्, हामीले यहाँ माइतिघरको दुवो माडेर काम हुनेवाला केही छैन्,। हामी हाम्रो आफ्नो राष्ट्रियहितमा केन्द्रित गरौं ।” ज्ञावालीले भने, गरिबको पुनरवितरण मात्रै गरिरहने हो र ? पुर्नउत्पादन मात्रै गरिरहने होर ? उनी भन्छन् गरीबी भित्रनै रोटी सेकाइरहने हो भने बेग्लै कुरा हो राजनितीको, होइन भने एउटा गम्भिर कुरा उठ्दैन ? देशका राजनितिक दलमाथिनै प्रश्न उठ्न सक्ने अठोट गर्दै नेता ज्ञवाली भन्छन्,“राजनितीक परिवर्तन भयो भन्छौं, ३÷३ पटक क्रान्ति भयो भन्छौं, अब पनि डेलिभरी नदिने हो भने, अब पनि प्रत्यक दिन हजार/बाह्रसय नेपाली युवा खाडी पठाएर रेमिट्यान्सले मात्रै धानिने सिर्जना गर्ने ? बदलिँदो राजनितीक र राष्ट्रिय अवस्था बारे नेता ज्ञवाली भन्छन्, “बदलिएको सन्दर्भमा हाम्रो राष्ट्रियहित भनेको हाम्रो आर्थिक विकास र समृद्धिमा छ । यसका लागी हामीले सबैसँग मित्रता कायम गर्दै राष्ट्रिय हित र राष्ट्रिय प्राथमिकतालाई राखेर अगाडी बढ्नुपर्छ ।” उनी भन्छन्, “हामी आफ्नो मुद्दामा केन्द्रित रहौं । त्यसका लागी जनसरोकारका विषयहरुमा राष्ट्रिय हितका विषयहरुमा केन्द्रित रहौं । अन्तर्राष्ट्रिय विषयहरु वा धेरै तरङिगत हुने विषयहरु गर्नुहुँदैन”।

 

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group